मोरङको एउटा यस्तो गाउँ जहाँ कुलमान घिसिङलाई गा ली गरिन्छ

विराटनगर । देशबाट लोडसेडिङ हटाएकोमा कुलमान घिसिङको जताततै वाहवाही छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई मन नपराउने सायदै कोही मानिस होलान् ।

उनले गरेको कामको मूल्यांकन गर्दै सरकारका मन्त्रीहरुले पनि प्रसंशा गर्ने गरेका छन् ।

तर, मोरङको एउटा यस्तो गाउँ, जहाँ तिनै लोकप्रिय कुलमानको ‘सत्तोसराप’ हुन्छ । मानिसहरु कुलमानको नाम सुन्नै चाहँदैनन् । घिसिङले अन्यत्र राम्रो काम गरे पनि ‘‘हामीहरुलाई भने धोका दिएर झुक्याए’’ यस्तै गुनासो छ गाउँलेको ।

मोरङको ग्रामथान गाउँपालिकामा अवस्थित गिधनिया वस्तीका गाउँले कुलमानसँग रिसाएका हुन् । कुलमानलाई सक्दो गाली गर्न पछि पर्दैनन् । टोलका अगुवा नै सरकार र कुलमानको काम गराइबाट आक्रोशित छन् ।

तिनैमध्येका एक हुन् भक्कुलाल विश्वास । ‘‘हामीलाई झुक्याउने अभियानमा कुलमान घिसिङ पनि लाग्नु भएको देखियो,’’ विश्वासले भने,‘‘उहाँमाथि त ठूलो विश्वास थियो तर धोका भयो ।’’

सुनसरीको दुहबीदेखि कटहरीसम्म ३३ केभिए विद्युत प्रसारण लाइनको पोल गाड्ने र तार टाँग्ने विषयमा गाउँलेहरु कुलमानसँग रिसाएका हुन् । प्रसारण लाइन विस्तार गर्ने विषयमा सरकारको हेपाहा प्रवृत्तिलाई कुलमानले पनि साथ दिएको गाउँलेको आरोप छ ।

ग्रामथान ५ को गिधनिया वस्तीको साढे २ किलोमिटर क्षेत्रमा पोलबाट तार टांगेको गाउँलेलाई मन परेन । विरोध गरे । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा बारम्बार वार्ता भयो ।

प्रसारण लाइन अन्डरग्राउन्ड गर्ने सहमति पनि भयो । तर, यसमा पनि गाउँले रिसाएकै थिए । स्थानीयले काममा अवरोध गरे । तार अन्डरग्राउन्ड गरेर लैजाँदा समेत गाउँलेलाई गुमराहमा राखिएको उनीहरुको आरोप छ ।

बस्तीको बीचबाट ३३ केभिएको तार लैजाँदा त्यसबाट सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने दाबी गर्दै स्थानीयले विरोध गरेका हुन् । अवरोध गर्नेहरूले स्थानीयसँग कुनै पनि छलफल नगरी एकतर्फी रुपमा हाइटेन्सनको तार लैजान खोजिएको बताएका छन् ।

डोजर फर्काएर ग्रामथान ५ को वडा कार्यालय पुगेका स्थानीयले बस्तीका बीचबाट टाँगेर वा भूमिगत कुनै पनि बाटोबाट प्रशारण लाइन लैजान नदिने भन्दै दोस्रोपटक पनि अवरोध गरे ।

केहीअघि विद्युत् प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभिए दुहबी–कटहरी प्रसारण लाइन ल्याउन पोल गाड्न थालेपछि विवाद शुरु भएको थियो ।

बस्ती बाहिरको अन्य ठाँउबाट तार तान्नुपर्ने अडान लिए । संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास थारुले आफूहरू विकास विरोधी नरहेको बताउँदै विकासको नाममा सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्न नहुने मात्र आफूहरुले सुझाव दिएको बताए ।

तार तान्न उपयुक्त हुने वैकल्पिक बाटोबारे आफूहरूले प्राधिकरणलाई बताइसकेको विश्वासले दाबी गरेका छन् ।

त्यही क्षेत्रका प्रतिनिधिसभाका सांसद अमनलाल मोदीले पहिले गाउँलेलाई साथ दिए जस्तो गरेको तर पछि सरकारकै पिछलग्गु भएको गाउँलेको अर्को आरोप छ ।

तर, मोदीले ग्रामथानकै झोराहाटमा आयोजित एक कार्यक्रममा ‘‘आफूले जनताको अहित हुने गरी कुनै काम नगरेको’’ दाबी गरेका छन् ।

समस्या हुन नदिने बरु तारको रुट बदल्न सहयोग गर्ने भन्दै मोदीले आफूहरुलाई आश्वासन दिएको गाउँलेको भनाइ छ ।

तार अहिले अन्डर ग्राउन्डबाट लगिएको छ । तर, त्यो पनि मापदण्डअनुसार नभएको गाउँलेको दाबी छ । जति खन्नु पर्ने थियो त्यति नखनेको स्थानीयको भनाइ छ । तार टाँग्ने विषयमा सरकारले बल प्रयोग गर्न ठूलो संख्यामा सुरक्षाकर्मी नै परिचालन गरेको थियो । झडप र धरपकडसमेत भएको थियो ।

विराटनगरसहितका क्षेत्रमा विद्युत भोल्टेजको समस्या समाधान गर्न भन्दै विद्युत् प्राधिकरणले कटहरीमा ३३ केभिए सवस्टेसन निर्माण गरेको छ । यसको परीक्षणसमेत भइसकेको छ ।

विराटनगरमा रानी सबस्टेसनबाटै कटहरी र विराटनगरमा विद्युत् आपूर्ति हुन्छ । रानी सबस्टेसनले लोड धान्न नसक्ने भएको भन्दै प्राधिकरणले कटहरीमा सवस्टेसन निर्माण गरेको हो ।

विवाद उठेको ४५ दिनभित्र कटहरी सबस्टेसन संचालन गर्ने गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सांसद अमनलाल मोदी र कुलमान घिसिङलाई राखेर सहमति गराएका थिए ।

घिसिङ र सांसद मोदीबीच पनि यही विषयमा विवाद चर्किएको थियो ।

गाउँलेले भने कुलमानले चाहेको भए विद्युतको तार बस्तीबाट नभएर खाली ठाउँबाट लैजान सकिने भन्दै उनको आलोचना गर्दै आएका थिए । -बाह्रखरीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।