वा,इडवडीमा देखादेखी बदमा,सी भयो, कसैलाई छो,ड्ने कुरै आउँदैन – नेता नेपाल (भिडियो सहित)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले वा,इडवडीमा भएको भ्र,ष्टाचारमा संल,ग्नमाथि विना पू,र्वाग्रह का,रवाही गर्नुपर्ने बताउनुभएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गर्नुभएको हो । उहाँले तारा गाउँ, वाइडवडी, न्यारोवडी लगायतमा आर्थिक अनियमितताका कयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दो,षीलाई का,रवाही गर्नुपर्ने बताउनुभयो ।

‘तारा गाउँ, वाइडवडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्न खडा भएका छन्, वाइडवडीमा त देखादेखी ब,द्मासी छ’ उहाँले भन्नुभयो ‘ त्यो भइसकेपछि त्यसलाई छानविन, अगाडि बढाउने, का,रवाहीको विषय बनाउने । जो सुकै होस् छोड्ने कुरा आउँदैन । जो सुकै जुनसुकै क्षेत्रमा होस् । आ,ग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन । पूर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । दो,षीले सँ,जाय भोग्नुपर्छ ।’

वरिष्ठ नेता नेपालले विकास निर्माण लगायतका आयोजना बनाउँदा दीर्घकालीन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिनुभयो । छोटो समयमा नै अ,सफल देखिने योजना बनाइएको भन्दै उहाँले संभावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा बनाइएको ए,रोवृजको उदाहरण दिदै त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालीन सोच राख्न नसकिएको बताउनुभयो ।

‘कति आउँछन् लुम्बिनीमा त्यो सबै सोचेर बनाए हुदैन ? त्यसको पार्ट वान अहिले लागू गरौं’ उहाँले भन्नुभयो, ‘पार्ट टु त्यसपछि लागू गरौ । पार्ट थ्रि त्यसपछि लागू गरौ । पार्ट वानमा एरोवृज छदै छैन । त्यस्तै उदाहरण हो त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट । एयरपोर्टको सिंगो जग्गा कति विस्तार गर्न सकिन्छ ? के के गर्न सकिन्छ भन्ने बारेमा परसम्मको सोच कहिलेही पनि भएन । हामी कहाँ सबै कुरामा सोच छैन । पुल बनाउदा त्यस्तै छ । घर बनाउँदा पनि त्यस्तै छ । स्टडी रुम हुदैन । बालुवाटारमा जाँदाखेरी देखेँ । प्रधानमन्त्रीले पढ्ने कोठै छैन । कस्ता प्रधानमन्त्री तास खेलेर बस्ने हो कि जुवा खेलेर बस्ने हो ? पञ्चायत का,लमा त त्यो भएन तर बहुदलकालमा त त्यस्तो नहुनुपर्ने । यस्तो छ हाम्रो देशमा । मन्त्री क्वाटर त्यस्तै छ ।’

उहाँले टर्किस एयरलायन्सले काठमाण्डौमा लिने हवाई इन्धनको मूल्य अत्यन्तै बढी भएकाले उडान नै स्थगित गर्ने संभावना रहेकाले त्यसबारे मन्त्रालयको ध्यानाआकर्षण गराउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖