अमेरिकन आइडलमा नेपालका दिवेशको कमाल, तीनैजना जजले उभिएर भने- ‘मोर-मोर’

एजेन्सी, ४ चत्रै । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले ‘हलिउड वीक’ काे पहिलाे दिनमा दिएको प्रस्तुतिले तीनैजना जज निकै प्रभावित भएका छन् ।

प्रस्तुतिका दिने क्रममा देवेशले ओटिस रेडिङ र द ब्ल्याक क्रोजको ‘हार्ड टु ह्यान्डल’ गीत गाएका थिए । दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफले मात्रै निर्णायक मण्डललाई चित्त बुझेन ।

दिवेशले गाएको गीत सुनेर निर्णाय क्याटी पेरीले उठेर मोर भन्न थालिन्- ‘मोर…।’ जवाफमा दिवेशले ‘धन्यवाद’ फर्काए, तर पेरीले ‘मोर, मोर’ भन्न छोड्दिनन् । अन्य दुई जना निर्णायक जज रिची र ब्रायनले ‘मोर…’ भन्न थाले । निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

दिवेशले आफ्नो प्रस्तुती निरन्तरता दिँदा निर्णायक मण्डलमा रहेका तीनैजना जज उभिएर ताली बजाउँदै थिए । जज ल्यूक ब्रायनले त दिवेशसँगै गाए पनि । उनको प्रस्तुतीका बेला दर्शक निकै उ,त्साहित देखिन्थे, तालमा ताल मिलाएका थिए ।

दिवेशलाई साथ दिन त्यहाँ उनकी दिदी रूपा पोखरेल पनि पुगेकी थिइन् । आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई पुलुक्क हेरेका थिए । आफ्नो प्रस्तुतिबाट निर्णयकहरूको मन जित्न सकेकोमा दिवेशले खुशी भएको प्रतिक्रिया दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।