पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् नायिका आँचल शर्मा (भिडियो सहित)

काठमाडौं । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि मनपर्ने नायक पल शाह नै भएको बताएकी छिन् ।

बुधबार राति प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका शर्माले यस्तो बताएकी हुन् । तर, यसको मतलब आफू कहिल्यैपनि पल शाहसँग प्रेम सम्बन्धमा नरहेको जिकिर गरिन् । पल शाह आफूलाई मन पर्नुको मुख्य कारण भनेको नै राम्रो अभिनय गर्ने र अरुलाई सहयोग गर्ने मानवीय गुण भएको पनि आँचलले बताईन् ।

उनले आफूले उदिप श्रेष्ठसँग नै विवाह हुन्छ भनेर नसोचेको पनि सुनाईन् । आफ्नो नाम कसैसँग जोडिएको भएपनि प्रेमसम्बन्ध भने नरहेको उनले स्पष्ट पारिन् । उनले भनिन्,”उदिपसँग विवाह हुनुभन्दा पहिले मेरो नाम एकजनासँग जोडियो । पल शाहसँग मेरो नाम जोडिएर आएका समाचारहरु सही होईनन् ।”

नायकसँग तपाईको विवाह गर्ने तयारी थियो अरे नि ? भनेर पत्रकार धमलाले सोधेको अर्को प्रश्नमा आँचलले भनिन्,”छ्या, कहाँ हुनु ? होईन । होईन् । म र उदिपजी रिलेशनसिपमा बसेको एक वर्षसम्ममा त यो कुराहरु आईरहन्थ्यो । दाल, भात तरकारी मुभि गर्दा म उहाँसँग डेट जान्थें । अर्कैसँग नाम जोडिएर आयो । पलजीसँग मेरो नाम जोडिनुमा संगै काम गरेको भएर होला ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।