भारतीय क्षेत्र धारचुलाको कवारेन्टाइनमा आमाको कि,रिया बसेका युवालाई नेपाल ल्याइयो

काठमाडौं, ६ वैशाख । भारतीय क्षेत्र धार्चुलामै आमाका कि,रियामा बसेका नेपाली युवा वासुदेव भट्टलाई नेपाल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भटटलाई आज नेपाल ल्याइएको बताएको छ ।

गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रो,क लगाएपछि सीमा बन्द भएका कारण आमाको क्रि,या गर्न नेपाल आउन नपाएका वासुदेव भट्टलाई भारत र नेपालका प्रहरीको सहयोगमा आज दत्तुस्थित झोलुंगे पुलको ढोका खोलेर नेपाल प्रवेश गराइएको थियो ।

सीमामा आइपुगेर पनि नेपाल आउन नपाएपछि भारतको धारचुलामै क्वारेन्टाइनमा कोरा बसेका शैल्यशिखर नगरपालिका १ का भट्टले आमाको १३ दिने काजकि,रिया गरिरहनुभएको थियो । छोरा लकडाउनमा रहेका बेला दार्चुला शै,ल्यशिखर नगरपालिकाका भट्टकी आमाको नि,धन भएको थियो ।

नेपालमा रहेकी आमाको नि,धन भए पनि उनलाई नेपाल आउन दिइएको थिएन । गृह मन्त्रालयले केहीदिनदेखि पहल गरे पनि भारतीय पक्षले भने ढोका खोल्न मानेको थिएन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।