प्रदेश-१ मा थप पिसीआर ल्याब सञ्चालन – अब दैनिक ३०० को परीक्षण गर्न सकिने

विराटनगर, वैशाख २० । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का श,ङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी श,ङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताउनुभयो । उहाँले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताउनुभयो ।

मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्ष,मता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनासम्मको परीक्षण गर्न सकिने जानकारी दिनुभयो ।

सो ल्याबको परीक्षणमा कोभिड–१९ को पोजेटिभ रिपोर्ट आएमा पुनः कोशी अस्पतालमा परीक्षण गरिने प्रदेश नं १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । उक्त ल्याबबाट यसअघि वर्डफ्लु, स्वाइनफ्लु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उहाँले बताउनुभयो । प्रदेश सरकारले पिसीआर मेसिन र किट उपलब्ध गराएपछि प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको हो ।

कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण
सामाजिक विकासमन्त्री घिमिरेलाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारार्थ बिरामीका लागि आयुर्वेद औषधि व्यवसायी सङ्घ नेपालले शुक्रबार औषधि हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना स,ङ्क्रमितको रोग प्र,तिरोधात्मक क्षमता बढाउनका लागि सिफारिश गरेका चार प्रकारका औषधि सङ्घका अध्यक्ष जगराज गिरीले हस्तान्तरण गर्नुभएको हो । च्यावनप्रास अश्वगन्धा चुर्ण, गिलोय प्लस र तुलसी चिया हस्तान्तरण गरेको सङ्घले जनाएको छ ।

सो अवसरमा मन्त्री घिमिरेले बिरामीका लागि प्रयोगमा ल्याउन कोभिड– १९ उपचार केन्द्रका चिकित्सकसँग समन्वय गर्न व्यवस्थापन समितिलाई निर्देशन दिनुभयो ।

ज्येष्ठ नागरिकलाई औषधि र खाद्यान्य सहयोग
नेपाल औषधि व्यवसायी सङ्घ मोरङले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई शुक्रबार औषधि तथा खाद्यान्य सहयोग गरेको छ । सङ्घले मोरङको बूढीगङ्गा गाउँपालिका–१ पुष्पलालचौकस्थित महिला जागृति आश्रमका ज्येष्ठ नागरिकलाई एक महिनासम्म पुग्ने औषधि र खाद्यान्न सहयोग गरेको हो । लकडाउनको समयमा आश्रममा रहेका वृद्धालाई औषधि खरिद गर्न समस्या भइरहेको अवस्थालाई ध्यानमा राखी औषधी र खाद्यान्न सहयोग गरेको औषधि व्यवसायी सङ्घ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिनुभयो ।

आश्रममा रहेका दुई दर्जन ज्येष्ठ नागरिकलाई एक महिनासम्म दी,र्घरोगको औषधि, भिटामिन, आँखाको औषधि र खाद्यान्न सहयोग गरेको बताइएको छ । सङ्घले यसअघि पनि विराटनगर–८ स्थित विराटेश्वर वृ,द्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई औषधि, स्यानिटाइजर र आठ वटा ग्यासको सिलिन्डर सहयोग गरेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।