यस्तो छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी गर्ने सरकारको घोषणा
राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएकी छिन् । आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने बताएकी हुन् । सो समेत गरी छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिने पनि उनले बताइन् ।

उनले भनिन्, लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ । तदअनुरुप छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’’

राष्ट्रपति भण्डारीले आफ्नो अन्तर्राष्ट्रिय सीमाको र क्षा, सुर क्षा र संरक्षण गर्न सक्षम रहेको समेत बताइन् । अन्रर्ताष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिँर्दै ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाण्का आधारमा कुटनीति माध्यमबाट भारतसँग सीमा विवाद टुंगो लगाइने पनि उनले बताइन् ।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेपछि यसको विरोध हुँदै आएको छ । पछिल्लो समय भारतले नेपाली भूमि हुँदै मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि सरकारले यो विषय नीति तथा कार्यक्रममै समावेश गरेको हो ।

चितवनसम्म पेट्रोलियम पाइपलाइन बनाउने
सरकारले पेट्रोलियम पाइपलाइन चितवनसम्म पुर्याउने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतदेखि नेपालको अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपाइनलाई चितवनसम्म ल्याउने बताएकी हुन् ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपाइनलाई चितवनको लोथरसम्म ल्याउने नीति रहेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सुरुवाती पुँजी उपलब्ध गराउने
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रोजगारी गरेर फर्केका दक्ष युवाहरुलाई नेपालमै उद्यमशील बनाउन सुरुआती पुँजी उपलब्ध गराउने बताएकी हुन् ।

विदेशबाट फर्किएर नेपालमै केही गर्न चाहने युवाहरुलाई सरकारले यस्तो सुविधा दिने बताएको हो । उद्यमशील बन्न चाहाने युवाहरुलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । राष्ट्रपति भण्डारीले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएकोले युवाहरुलाई कृषि क्षेत्रमा अघि बढाण्ने सरकारको नीति रहेको बताइन् । थप जानकारीको लागि पूर्णपाठ हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।