नेपालमा थप २७ जनामा कोरोना – सं,क्रमितको संख्या ४ सय २ पुग्यो
काठमाडौं, ६ जेठ । आज पनि नेपालमा थप २७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सं,क्रमित संख्या ४ सय २ पुगेको छ ।
आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन् । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने झापामा ९ जना, काठमाडौंमा ३ जनालगायत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २७ सं,क्रमित थपिएको पुष्टि गर्नु भयो ।



