नरैनापुरका फ,रार स,ङ्क्रमित फेला

राँझा, जेठ १० गते । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फ,रार भएका एक स,ङ्क्रमितलाई प्रहरीले आज नि,यन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ स,ङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फ,रार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

स,ङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट ए,म्बुलेन्ससहित सु,रक्षाकर्मी र स्वा,स्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अ,वरोध गरेपछि शुक्रबार पुष्टि भएका स,ङ्क्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए । बाह्र स,ङ्क्रमितलाई गए राति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार स,ङ्क्रमित खोज्न खटिएको सु,रक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको प्रहरी उपरीक्षक वलीले बताउनुभयो ।

उहाँले स्थानीयवासी र अन्य सरोकार भएकाहरुले अ,सहयोग गर्दा नरैनापुरबाट स,ङ्क्रमितलाई ल्याउन पटकपटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताउनुभयो । नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ सङ्क्रमित थपिएको जिल्ला स्वा,स्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना म,हामारीको कठिन परिस्थितिमा स्वा,स्थ्य र सुर,क्षाकर्मी तथा ए,म्बुलेन्स चालक जो,खिममा परेर स,ङ्क्रमित पत्ता लगाउदै व्यवस्थापन गर्न खोज्दा बि रामीलाई क्वारेन्टिनबाट आइसोलेशन केन्द्र र अ स्पतालसम्म ल्याउन सबैको साथ नपाउनु चि,न्ताको विषय भएको उहाँको भनाइ छ । सदरमुकाम नेपालगञ्जबाट करबी ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुर मात्रै ८७ स,ङ्क्रमित पुगेका छन् ।

कोरोना विजेतालाई गाउँमा स्वागत

एक्काइस स,ङ्क्रमितले कोरोना भा,इरसलाई प,राजित गरेर घर फर्किँदा नेपालगञ्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ । बाइसौँ दिनमा कोरोना प रास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा नेपालगञ्जको पहिलो कोरोना ख,तरा क्षेत्र बन्न पुगेको जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए ।

टोलका सबैजना एकसाथ घर फर्किँदा टोलवासीमा कोरोनाको त्रा,स हटेर खुशीको वातावरण सिर्जना भएको स्थानीयवासी नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख समसुद्दिन सिद्दिकीले बताउनुभयो । एकैसाथ धेरै स,ङ्क्रमित हुँदा नि,राश र त्रा,समा रहेका घरपरिवार र टोलवासी बि,रामी निको भएर घर फर्किँदा रमजान पर्वको पूर्वसन्ध्यामा खुशी साटासाटसमेत गर्ने वातावरण बनेको उहाँको भनाइ थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।