कैलालीमा उच्च स,र्तकता, क्वारेन्टाइन थपसँगै प्रवेशमा क,डाइ

लम्की, जेठ ११ गते । कैलालीको जानकी गाउँपालिकामा कोरोना स,ङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न हरेक वडामा क्वारेन्टाइन स्थापना गरेको छ ।

टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको थियो । शुक्रबार बसेको कार्यपालिका बैठकले बाहिरी जिल्लाबाट आउने नागरिक थेग्न नसकिने भन्दै हरेक वडामा थप एकएक वटा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो । “हामीले यसअघि एक हजार नागरिक राख्नसक्ने तयारी गरेका थियौँ”, टीकापुर नगरपालिका स्वा स्थ्य शाखा संयोजक बलबहादुर रावलले भन्नुभयो, “बाहिरी जिल्ला तथा भारतबाट आउने नागरिक बढ्ने देखिएकाले थप व्यवस्थापनमा लागेका छौँ ।” हाल नगरपलिकाका क्वारेन्टाइनमा १०० भन्दा बढी बसिरहेका छन् । स्थानीय पालिकामा क्वारेन्टाइनमा बस्ने खचाखच भरिए पनि उनीहरुको स्वा स्थ्य परीक्षण गर्ने किटको भने अ भाव छ ।

‘‘क्वारेन्टाइनमा बसेका सबैको स्वा स्थ्य परीक्षण गर्न सक्ने अवस्था छैन, बिनापरीक्षण पछि कसरी छाड्ने होला ?”, रावल भन्नुहुन्छ, “प्रदेश सरकारसँग माग गरिरहेका छौँ । सुदूरपश्चिमका सबै जिल्लाका पालिकामा भारत तथा नेपालका अन्य जिल्लाबाट आएकाहरु भरिएका छन् ।”

उता सीमासँगै जोडिएको भजनी नगरपालिकाकाले पनि कोरोना रो कथाम तथा नि यन्त्रणका लागि नगरका सबै वडामा क्वारेन्टाइनबनाउन थालेको छ । नगरसँग नजिकैको तहमा कोरोना स,ङ्क्रमित फेला परेसँगै नगरपालिकाले पनि उच्च सर्त,कता अपनाउँदै १ देखि ९ वटै वडामा क्वारेन्टाइन थप गरिरहेको नगरप्रमुख शेरबहादुर चौधरीले बताउनुभयो ।

भजनी नगरपालिकामा यसअघि पाँच क्वारेन्टाइन छन् । भारतसँगै सीमानाका जोडिएको तथा रोगजारीका क्रममा अधिकांश भारतमा रहेकाहरु आउने क्रममा रहेकाले भजनी थप जो,खिममा पर्न सक्ने भएकाले सु,रक्षा सतर्कता अपनाइएको चौधरी बताउनुहुन्छ । “स,तर्कता अपनाउनुका साथै थप क्वारेन्टाइन स्थापना गर्न थालेका छौँ”, चौधरीले भन्नुभयो, “जाँचलाई प्राथमिकता दिँदै प्रत्येक क्वारेन्टाइनमा स्वा,स्थ्यकर्मी र सु,रक्षाकर्मी परिचालन गरेका छौँ ।”

कैलालीकै जोशीपुर गाउँपालिकाले पनि कोरोना स,ङ्क्रमणको उच्च जो,खिममा रहेको भन्दै गाउँपालिका प्रवेश गर्ने ना कामा थप क,डाइ गरेको गाउँपालिकाका कोरोना फोकल पर्सन नरेन्द्र कठरियाले बताउनुभयो । जोशीपुर गाउँपालिकाले तीन क्वारेन्टाइन बनाई आन्तरिक तथा बाह्य क्षेत्रबाट आउनेलाई राख्ने गरेको छ ।

भारतलगायत अन्य क्षेत्रबाट आएकालाई एक ठाउँमा र नेपाल भित्रबाटै गाउँपालिकामा आएकालाई अर्को स्थानमा राख्ने गरेको छ । पछिल्लो समयमा गाउँपालिकामा पनि आन्तरिक क्षेत्र तथा भारतबाट आउने क्रम बढिरहेको गाउँपालिकाले जनाएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।