जनप्रतिनिधि हुनु त यस्तो पो !

चितवन । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भारतीय सीमानामा अलपत्र परेका नगरवासीलाई उद्धार गर्नेक्रम जारी राखेका छन् । आफ्ना नागरिक लिन उनी बस लिएर सीमानासम्म आफै पुगेका थिए । उनका अनुसार तीमध्ये सोमबार १५ जना र अघिल्लो साता नौजना ल्याएर क्वारेन्टिनमा राखिएको छ । दुई दिनअघिमात्र सुनवलबाट ६५ जनालाई माडी ल्याइ क्वारेन्टिनमा राखिएको छ ।

झापा र नेपालगञ्जबाट भरतपुर आएर बसेका पाँचजनालाई पनि नगरपालिकाले क्वारेन्टिनमा लगेर राखिएको छ । अहिलेसम्म ९४ जनालाई सीमानाबाट माडी ल्याइसकिएको छ । तीमध्ये धेरै भारतको मुम्बइका रहेका जनाइएको छ ।

नगरपालिकाले कोरोना जोखिम हुन नदिन उच्च प्राथमिकता दिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले एउटा वडामा कम्तीमा एउटा क्वारेन्टिन निर्माण गर्ने निर्णय अनुसार नगरका नौवटै वडामा १२ वटा क्वारेन्टिन बनिसकेका उनले जानकारी दिए ।

उनका अनुसार आज पनि वडाध्यक्षको नेतृत्वमा सीमानामा अलपत्र परेका नागरिक लिन एउटा बस पठाइएको छ । हालसम्म त्यहाँबाट २७ जनाले नाम टिपाएको भए पनि यो सङ्ख्या थपिने उनको भनाइ छ । क्वारेन्टिनमा बसेकालाई त्यही खाना र आवासको व्यवस्था गरिएको छ । नगरपालिकाले कोरोनाको पिसिआर परीक्षणका लागि किट खरिद गर्न रु १० लाख बजेट छुट्याइ सकिएको छ ।

उनले भने, ‘क्वारेन्टिन व्यवस्थापन र खाजामा रु २२ लाख हाराहारी खर्च गरिसकेका छौँ ।’ नगरपालिकाले राहतमात्र दुई हजार ७६५ परिवारलाई वितरण गरिसकेको छ । यसका लागि रु ४२ लाख खर्च भएको बताइएको छ । उनी भन्छन्, ‘हाम्रा नगरवासी विदेशमा अलपत्र पर्नुहुँदैन । ल्याएर सुरक्षित भएपछि घर पठाउने काम हाम्रो हो ।’

नगरपालिकाले तथ्याङ्क सङ्कलन गरेअनुसार दुई हजार आठजना माडीवासी भारतमा रहेका छन् । विदेश रहेकाको कुल सङ्ख्या चार हजार २०० हाराहारी छ । तीमध्ये २० देखि २५ प्रतिशत तत्काल आउने नगरपालिकाले जनाएको छ । यसैका लागि एउटामा १०० जना अट्नेगरी १२ वटा क्वारेन्टिन तयारी अवस्थामा छ ।

उनीसँग यसअघि गर्दी गाउँ विकास समितिको दुईपटक अध्यक्ष भएको अनुभव छ । नगरपालिकाले घरकै क्वारेन्टिनमा रहेका १२९ जनाको अनुगमन, वगई स्वास्थ्य डेस्क, १०० श्ययाको अफिसियल क्वारेन्टिन, बघौडा अस्पतालमा पाँच श्ययाको आइसोलेशन, १४६ जनाको ¥यापिट डाइग्नोष्टिक टेष्ट, १९ जनाको पिसिआर परीक्षण, दीर्घरोगी, ज्येष्ठ नागरिकलाई घरमा नै औषधि, जिल्ला र देशका विभिन्न ठाउँमा रहेका एक हजार जनाको उद्धार र स्वास्थ्य परीक्षण गरिसकेको छ ।
माडी चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड र वन क्षेत्रको बीचमा रहेको छ । वन्यजन्तुको त्रासमा बाँच्न विवस माडीवासी सुगम जिल्लाका भएर पनि विभिन्न खालका समस्या भोग्न बाध्य छन् । नगरपालिकामा ४३ हजार ४०२ जनसङ्ख्या रहेको छ ।

कसरामा हेल्थडेस्क, सुरक्षाकर्मीलाई सुरक्षा कवज, बघौडा अस्पतालको नेतृत्वमा र समन्वयमा एम्बुलेन्स सेवा व्यवस्थितरुपमा सञ्चालनजस्ता गतिविधि गरिएको छ । साथै माडीका सञ्चारमाध्यमलाई सङ्कटमा सन्देश प्रसारण गर्न बजेट विनियोजन गरी काम अघि बढाइएको छ । ‘पूरै ध्यान केन्द्रित गरी काम ग¥यो भने केही गर्न सकिन्छ’ भन्ने उदाहरण नगरप्रमुखले देखाएको जिल्लावासी बताउँछन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।