अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, १६ जेठ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको छ।

ती मौसमी प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन्।

दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी भैरहवा अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।