२३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

काठमाडौँ, जेठ १९ गते । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ । उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन् । गएराति कतार एयरवेजको एयरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात्रु तथा नौ बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो । ती यात्रुमा पनि अधिकांश नेपाली र केही अमेरिककी नागरिक थिए ।

बन्दाबन्दीको अवस्थामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी नेपालमा विभिन्न परिस्थितिले रोकिएका यात्रु लगिरहेको छ । विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तरराष्ट्रिय उडान भएका छन् । तीमध्ये सबैभन्दा बढी यात्रु चार्टर्ड उडानका हुन् । ती उडानबाट करिब आठ हजार यात्रु विभिन्न मुलुक फर्किएका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।