अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित

वासिङटन । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उहाँले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ ।

कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उहाँले मुख्य एजेण्डाको रुपमा अगाडी सार्नुहुने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहनु भएका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राती भएको हो ।निर्णय भएपछि उहाँले भन्नुभएको छ, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिनुभएकोमा म सवैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

उहाँले पार्टीको एकतासहित आफुहरु आउदो आम निर्वाचनमा जान लागेकोमा आफुलाई गौरब महसुस भएको पनि बताउनु भएको छ । आफ्नो पार्टीबाट सहजै उम्मेदबार बन्न पाउने अवस्था आउनु उहाँका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् ।उहाँको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदबार बन्न चाहेका कतिपय उम्मेदबारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।

डेमोक्रयाटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनावी अभियानबाट आफू पछाडी हटेको घोषणा गर्नुभएको थियो । बाइडेनसँग अहिले एक हजार ९९५ जना डेलिगेडट्स रहेका छन् भने उहाँले चुनावी प्रचार प्रसारलाई अव झन सशक्त बनाउने बताउनु भएको छ ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उहाँलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उहाँले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ ।ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहनु भएको थियो । उहाँ अहिले ७७ बर्षको हुनुभएको छ । उहाँलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।रासस/एपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।