विदेशमा रहेका नेपालीमा कोरोना सं क्रमण र मृ त्युदर घट्याे
काठमाडौँ, जेठ २५ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भा,इरस स,ङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृ त्यु र स,ङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो स,ङ्क्रमणबाट मृ त्यु भएको र पाँच हजार ५९० जना स,ङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ ।
एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गु,माएका थिए ।
विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भा,इरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भा,इरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृ त्यु भएको छ ।
संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट स,ङ्क्रमित भएका छन् । सरकारले मित्रराष्ट्र भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको शुरुआतको सो सस्थाले स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताउनुभयो ।
सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ । विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीको फिर्ता प्रक्रियालार्ई व्यावहारिक बनाउन उसले आग्रह समेत गरेको छ ।
उहाँले नेपालीको फिर्तीका लागि भोगेका समस्याका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिनुभयो ।रासस


