इन्धन चो री र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने

काठमाडौँ, जेठ २६ गते । नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ ।

इआरपी सिस्टमले कम्पनीलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान बाटो खोल्नेछ । मिसावटयुक्त तेल बिक्री वितरण गर्ने पम्पहरुले समेत नेपाल निगमबाट नै मिसावटयुक्त तेल आएको गुनासो गर्दै आएका थिए । इआरपी सिस्टम जडान सफल भएमा वर्षौंदेखि परम्परागतरुपमा हुँदै आएको कामकाजसमेत कम्प्युटरमा अभिलेखकीकरण हुनेछन । अबको तीन वर्षभित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने छ । यो कार्यका लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिमसमेतका लागि रु २८ करोड बजेट छुट्याएर बोलपत्र आह्वान गरिएको छ ।

निगमको कामकाजलाई प्रविधिमैत्री बनाउँदै परिस्कृत गर्न यो प्रणालीका लागि तयारी गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले बताउनुभयो । उहाँले आगामीे दिनमा अपग्रेड गर्दै अझै सुरक्षित, छिटो, छरितो बनाउन कम्प्युटरकृत हुँदै जाने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “आयल निगमलाई पूरा डिजिटलाइजेशन गर्न जरुरी देखिइसकेको छ । आगामी दिनमा सबै काम कम्प्युटरबाट गर्ने गरी इआरपी सिस्टम जडानको लागि काम अगाडि बढेको छ ।”

देशभर अहिले एक हजार ४०० भन्दा बढी पम्पबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ । आफ्नो अनुकूल हेरेर तेल हुँदाहुँदै पनि तेल पम्प बन्द गर्नेजस्ता कार्यहरु हुँदै आएका छन् । निगममा मेनुयल सिस्टम भएका कारण अनुगमन गर्न कठिनाइ परेको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖