अलपत्र कामदारको छिटो उद्धार गर्न आग्रह

टेक्सस, जेठ ३१ गते । विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गर्नुभएको छ ।

कोभिड–१९ को महामारीले रोजगारी गुमेकादेखि विभिन्न प्रयोजनले विदेश गएका तर आन्तरिक बन्दाबन्दी तथा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अलपत्र परेका श्रम गन्तव्य मुलुकदेखि विभिन्न देशमा रहेका नेपाली घर फर्कने प्रतिक्षामा छन् । नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई नेपाल फर्काउन शुरु गरिसकेको छ । म्यानमार, संयुक्त अरब इमिरेट्स र कुवेतबाट पहिलो चरणमा नेपाली फर्किसकेका छन् ।

नागरिकले पीडाको अनुभूति गर्न नपर्ने गरी सरलरूपमा नेपाल फर्काउने व्यवस्था मिलाउन सङ्घका अमेरिका, मध्यपूर्व, युरोप र अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजकले अनुरोध गरेका छन् । सङ्घका अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, युरोप क्षेत्र संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्र संयोजक प्रवीण गुरुङ र अफ्रिका क्षेत्र संयोजक रोशन थापाले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै हवाई शुल्क तिर्न सक्ने र नसक्ने सबैलाई सँगसँगै उद्धार गर्न आग्रह गर्नुभएको छ ।

उहाँहरुले वैदेशिक रोजगारी कल्याणकारी कोषमा भएको रकमसमेत प्रयोग गरी बेखर्ची र अप्ठ्यारोमा परेकालाई नेपाल लैजान अनुरोध गर्नुभएको छ । यस्तो पीडाको अवस्थामा कतिपय ट्राभल कम्पनीहरु कमाउनमा नै लागेकाले यसप्रति सरकारले ध्यान दिनुपर्ने उहाँहरुको भनाइ छ । उद्धारपछि क्वारेन्टिन, बसोबास र घर पुग्ने वातावरण सरल र सुलभ बनाउन सरकारसमक्ष आग्रह गरिएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।