काठमाण्डौमा बसेका समस्यामा परेका धनकुटेलीलाई राहत वितरण

काठमाडौं, जेष्ठ ३२ । विश्वमै महामारीको रुप लिदैगएको कोरोना भाईरसको कारण सरकारले लगाएको लकडाउनले समस्यामा परेका धनकुटेलीलाई राहत सामग्री वितरण गरिएको छ । सो सामग्री नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले संयोजनमा वितरण गरिएको हो ।

लामो समयदेखि रोजगारबिहीन भएको कारण दैनिक जीवनयापन गर्न समस्यामा परेका धनकुटा स्थायी घर भई हाल काठमाडौंमा बसोवास गरिरहेका धनकुटेलीहरुलाई सो सामग्री वितरण गरिएको समसतिका अध्यक्ष भिमबहादुर थापाले बताए । समितिले यस अघि पनि यसरी समस्यामा परेकाहरुलाई राहत सामग्री वितरण गरिसकेको जनाएको छ । सो वितरण गरिएको राहत सामग्री धनकुटेलीहरु डेरा लिएर बसेकै स्थान बालाजु, टोखा, छाउनी, नारायण थान, बौद्ध, कोटेश्वर, धापाखेल, धुम्बाराहीलगायतमा गएर ३१ परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष थापाले बताए ।

सो राहत सामग्री वितरण कार्यमा नेपाली कांग्रेसका धनकुटाका महाधिवेन प्रतिनिधि उदयबहादुर लिम्बु, कांग्रेस धनकुटाका जिल्ला सदस्य निर्मल ओझासमेत सहभागी रहेको सम्पर्क समितिका सभापति थापाजानकारी दिए । थापाका अनुसार यो राहत सामग्रीले लकडाउनका कारण दैनिक जीवनयापन समस्यामा परेका धनकुटेलीलाई थोरै भएपनि राहत पुगोस् भनेर दैनिक आवश्यक पर्ने खाद्य सामग्री वितरण गरिएको बताए ।

अध्यक्ष थापाले सो सामग्री वितरण गर्नका लागि धनकुटा घर भई हाल काठमाडौंमै बसोवास गरिरहेका समाजसेवीहरु पूर्वरथि कृष्णनारायण सिंह थापा, सल्भ नेपालका अध्यक्ष राजेन्द्रबहादुर प्रधान, प्राध्यापक गोपालप्रसाद अधिकारी, टंक दुवाडी र ट्रेड युनियन कांग्रेसका पूर्व उपाध्यक्ष गणेशप्रसाद निरौलालगायतले आर्थिक रुपमा सहयोग गरेको जानकारी दिए । अध्यक्ष थापाले कोहि पनि धनकुटेलीहरु काठमाडौंमा भोकै नपरुन् भनेर वितरण गरिएको र आगामी दिनमा पनि पर्नसक्ने यस्ता समस्याहरुमा सहयोगका लागि दाता महानुभावहरुलाई आग्रह गरे । उनले राहत वितरणमा राजनीतिक पूर्वाग्रह नराखी आवश्यकता भएका धनकुटेलीहरुलाई वितरण गरिएको पनि जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।