प्रदेश १ मा एकै दिन ४० जनाले जिते कोरोना

नवराज कट्टेल, विराटनगर, असार ४ । प्रदेश १ मा आज कोरोना सङ्क्रमण निकौ भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका नाै र भोजपुरका चार जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरूलाई आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङलगायतले बिदाइ गर्नुभयो ।

अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई बिदाइ गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदैगएको बताउनुभयो । प्रदेशवासीले चाँडै सुखद खबर सुन्न पाउने मन्त्री घिमिरेले बताउनुभयो । कोरोना सङ्क्रमण अन्त्यको आधार तय हुँदैगएको उहाँले बताउनुभयो ।

क्वारेन्टाइनमा मात्र सङ्क्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । क्वारेन्टाइनमा मात्र सङ्क्रमण देखिएकाले क्वारेन्टाइनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाइ छ । मापदण्डविपरीतका क्वारेन्टाइन बन्द गर्दै लैजाने उहाँले बताउनुभयो ।

आज डिस्चार्ज हुनेहरू गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरू रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायका डीन डा. शैलेशमणि पोखरेलले जानकारी दिनुभयो । प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२४ पुगेको छ । सङ्क्रमितको सङ्ख्या ४१६ रहेको छ ।

सङ्क्रमितमध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र ७८ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।