प्रदेश १ को प्रदेशसभा बैठकमा सकियो छलफल,भयो यस्तो निर्णय

मोरङ । प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौत्तिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ ।

प्रदेशको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिने सो मन्त्रालयले विनियोजन गरेको बजेटमाथि अधिकांश सदस्यले खुशी व्यक्त गर्दै छनोटमा परेका योजना समयमै सम्पन्न गराउन मन्त्रालयले विशेष ध्यान दिनुपर्ने भनाइ राखेका छन् । उनीहरुले मुख्यन्त्री ग्रामीण सडक र विशेष प्राथमिकतामा परेका सडकका लागि विनियोजन भएको बजेट समयमै खर्च गर्ने व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदै जनतासँग प्रत्यक्ष जोडिने सो मन्त्रालयले सांसदहरुको महत्व र गरिमालाई ख्याल राख्न छलफलमा आवाज उठाएका छन् ।

उनीहरुले गरिबी निवारणमा ठोस योजना ल्याउनुपर्ने, जनता आवास कार्यक्रम तीव्र गतिमा सञ्चालन हुनुपर्ने भन्दै सिँचाइ र खानेपानी संस्थानमा व्यापक भ्रष्टाचार हुने गरेकाले यसतर्फ मन्त्रालय गम्भीर बन्नुर्नेमा जोड दिइन् । उनीहरुले कोभिड–१९ को बहानामा धेरै योजना काटिएको र नयाँ योजना थपिएका प्रतिचिन्ता व्यक्त गर्दै सदस्यहरुलाई थाहै नदिइ छिर्ने योजनाका बारेमा छलफल गर्नु आवश्यक रहेको बताए ।

छलफलमा प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत, एकराज कार्की, केदार कार्की, खिनु लाम्बा लिम्बू, तुलसीप्रसाद न्यौपाने, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, बिर्खबहादुर प्रधान, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई, लक्ष्मण तिवारी, वसन्तीदेवी यादव, हिमाल कार्की र हिराकुमार थापालगायतले बोलेका थिए । अर्को बैठक सोमबार दिउँसो १२ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।