प्रवक्ता श्रेष्ठले भने,- प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको राजीनामा मागिएकोे समाचार गलत

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको राजीनामा मागेको भनी समाचार आएकोबारे पत्रकारको प्रश्नमा प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामाको कुरा नआएको स्पष्ट गरे । नेता श्रेष्ठले भने “बैठकमा सरकार र पार्टीबारे विभिन्न कुराहरु भएको छ । छलफल जारी छ । यसबीचमा अध्यक्षका बीचमा छलफल हुन्छ । आवश्यकतानुसार सचिवालय बस्छ र आवश्यतानुसार स्थायी कमिटीले संश्लेषण गर्छ । राजीनामाका बारेमा कुरा भएको होइन ।”

निर्वाचन आयोगमा नयाँ पार्टीका रुपमा नेकपा (एमाले) नामक पार्टी दर्ता गर्न आवेदन दिएको भन्ने सम्बन्धमा नेकपाको कुनै पार्टी या नेता संलग्न छ-छैन भन्ने विषयमा बैठकमा जानकारी मागिएको थियो । झापाका सन्ध्या तिवारीको नेतृत्वमा उक्त दल दर्ताको निवेदन परेको जनाइएको छ ।

यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो । यसअघि नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा जारी रहेको थियो ।

कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० र विविध कार्यसूचीमा छन् ।

यस्तै कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदको भत्ताका विषय राखिएको छ । स्थायी कमिटीको अर्को बैठक भोलि बुधबार ११ बजे बस्नेछ ।रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।