मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृ त्यु

मुम्बइ ।  भारतको आर्थिक राजधानी सहर मानिने मुम्बईमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृ त्यु भएको छ।

दुई फरक स्थानमा भएको यस दुर्घटनामा अन्य कैयौँ व्यक्ति घा’इते भएका बताइएको छ। अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ। तर यसको विस्तृत विवरण भने आएको छैन।

मुम्बईको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो। त्यसमा परी पाँच जनाको ज्यान गएको बताइएको छ। मुम्बईमा गएको तीन दिनदेखि भारी वर्षा जारी रहेको छ। सो वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ।

भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ। मुम्बईको भानुशाली भवन बिहीबार अपरान्ह २ः३० बजे भत्किएको थियो। भवनको केही भाग खसेको र त्यसमा परी पाँच जनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन्।

उनीहरुलाई ठूलो संख्याका सु’रक्षाकर्मी लगाएर उद्धार गरिएको बताइएको छ। मुम्बइका मुख्यमन्त्री उद्धव ठाकरे सो दुर्घटनास्थलमा पुगेर उद्धार कार्यका लागि निर्देशन दिनुभएको थियो ।मुम्बइको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको छ।

ती अधिकारीले त्यस भवनबाट अरु केही व्यक्तिलाई भने जीवितै उद्धार गरिएको पनि जनाएका छन्। त्यसैगरी मुम्बईकै मलादा क्षेत्रमा भएको अर्को भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ। सो दुर्घटना बुधबार साँझ भएको एक जना प्रहरी अधिकारीले जानकारी दिएका छन्। रासस–एएनआई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।