बाग्लुङको नयाँ गन्तव्य ‘बुद्ध हिल’

गलकोट । पछिल्लो समय बागलुङ जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ । यसै कदमअनुसार बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । धार्मिक गन्तव्यका रुपमा चर्चा कमाउन सफल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट नजिकै एक आकर्षक पहाडको पर्यटकीय हिसाबले प्रचार थालिएको छ । त्यसलाई स्थानीय र पर्यटन अभियानकर्मीले ‘बुद्धको पहाड’ नामकरण गरेका छन् ।

प्राकृतिक रुपमा बागलुङ–६ र ७ को सिमानामा रहेको बैजनीको पाखामा शाक्यमुनिक गौतम बुद्धको स्पष्ट आकृति पहिचान भएपछि हालै मात्र ‘बुद्ध हिल’को पहिचानसमेत दिइएको छ । बैजनीको पाखामा ढुङ्गाको पूर्व फर्किएको पहाडलाई दायाँबाट देख्न सकिने सिद्धार्थ बुद्धको आकृति धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्वपूर्ण भएको जनाउँदै शनिबारदेखि प्रचारप्रसारसमेत थालिएको छ ।

बन्दाबन्दीका समयमा लामो पदयात्रा जानेक्रममा बैजनीको पाखामा तस्वीर खिंच्दै गर्दा उक्त ढुङ्गाको पहाडमा बुद्धको आकृति देखिएको घुमन्ते समूहमा आबद्ध बागलुङका युवा पर्यटन अभियानकर्मी खिमबहादुर क्षत्रीले बताए । समुद्री सतहदेखि एक हजार ७७५ मिटरको उचाइमा रहेको उक्त पहाडको प्रर्बद्धन गरी पर्यटकको आर्कषण केन्द्रका रुपमा परिचित गराउन घुमन्ते समूहले स्वतः स्फूर्तरुपमा पहिचान तथा साङ्केतिक नामपाटी स्थापना गरिसकेको छ ।

“हामीले बन्दाबन्दीका समयमा घुम्न जाँदा बुद्धको आकृति फेला पारेका हौं”, क्षत्रीले भने, “यसको स्वतःस्फूर्तरुपमा पहिचान स्थापित गर्नका लागि स्थानीय जनप्रतिनिधिको सहयोगमा सूचना बोर्ड स्थापनासमेत गरेका छौँ ।” चार वर्षदेखि पहिला स्वदेशका चार किल्ला अनि बाहिरी जिल्ला भन्ने अभियानअन्र्तगत विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रबद्र्धनका लागि काम गरिएको उनको भनाइ छ ।

बुद्धको आकृति यसअघि स्थानीयवासीले देखेका भए पनि अभियानका रुपमा चलाउन सकेका थिएनन् । पर्यटकीयस्थलको भ्रमण र प्रचारप्रसार गर्दै आएको घुमन्ते समूहले यसलाई प्रचारप्रसार गर्नका लागि अग्रसरता देखाएपछि वडा कार्यालयसमेत अभियानमा जोडिएको बागलुङ–६ का वडाध्यक्ष खिमराज सापकोटाले जानकारी दिए ।

पञ्चकोट घुम्न आएका पर्यटकलाई १० मिनेटको पैदल यात्रामार्फत यहाँ ल्याउन सकेमा पर्यटकीय हिसाबले गन्तव्यका रुपमा स्थापना गर्न सकिने सापकोटाको भनाइ छ । बागलुङदेखि धारापानी हुँदै कालीमाटी सडकबाट झण्डै १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने ‘बुद्ध हिल’ धार्मिक तथा पर्यटकीय हिसाबसमेतले महत्वपूर्ण हुन सक्नेछ ।

वडा कार्यालयले आगामी वर्ष ‘बुद्ध हिल’ पुग्ने पदमार्ग, रेलिङलगायत आवश्यक पूर्वाधारमा लगानी गर्ने वडाध्यक्ष सापकोटाले बताए । “चारपाँच वर्ष पहिला पर्यटन व्यवसायीले बुद्धको आकृति भएको बैरेनीको पाखो नजीकै जग्गा खोजेका समेत रहेछन्”, सापकोटाले भने, “यसको पहिचानपछि अहिले घुमन्तेको अग्रसरतामा प्रबद्र्धनको काम शुरु भएको छ ।” बागलुङ घुम्न आउने पर्यटकका लागि समेत नयाँ गन्तव्यका रुपमा यसलाई प्रबद्र्धन गर्न सकिने छ । पछिल्लो समय बागलुङमा विदेशी पर्यटकसमेतको आकर्षण बढ्दै गएको छ । धार्मिक गन्तव्यका लागि बुद्ध पहाड निकै महत्वपूर्ण हुन सक्ने होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

बागलुङ बजारबाट निकै नजिक ‘बुद्ध हिल’को महत्व बढाउँदै लगेमा बागलुङको पर्यटन व्यवसायमा कोसेढुङ्गा सावित हुने विश्वका सबै राष्ट्रिय गान गाएर विश्व भ्रमणको अभियानमा रहेका रामजी नेपालीले बताए । ‘बुद्ध हिल’को प्रबद्र्धनका लागि नेपालीले ‘बागलुङ घुम्न आऊ बुद्ध हिलैमा’ भन्ने गीतसमेत सिर्जना गर्न लागिएको जानकारी दिए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।