तीन घर पहिरोले पुर्‍याे, ३० परिवार उच्च जोखिममा

काठमाडौं, साउन २९ । लगातारको वर्षाले सल्यानको दार्मा गाउँपालिकामा करोडौँको क्षति पुगेको छ।

यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका छन् भने ३० घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्।

वर्षासँंगै आएको पहिरोले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नम्बर ४ का निराजन विकको घर बगाएको छ। पहिरोले घर बगाउँदा तीन परिवार विस्थापित भएका छन्। पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए।

बाढी र पहिरोको कारण ग्रामीण सडक र विद्यालयमा समेत क्षति पुगेको छ। ‘अहिले पनि सल्यानमा वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन्। नीहरुलाई सतर्क गराइएको छ,’ अध्यक्ष केसीले भने।

दार्मा गाउँपालिकाका नौ घर तथा तीन विद्यालयमा समेत पहिरोले क्षति पुर्‍याएको केसीले बताए। ‘पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन। तर पनि आर्थिक रुपमा भने साढे २ करोडभन्दा बढीको क्षति पुर्‍याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन’, उनले भने।

पहिरोले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पुर्‍याएको स्थानीयले बताए। पहिरोका कारण विस्थापित परिवारलाई गाउँपालिकाले आपत्कालीन राहत वितरण गरेको छ। ‘हामीले गाउँपालिकाभित्र पहिरोका कारण विस्थापित परिवारलाई त्रिपाल, खाद्यान्न तथा जाली उपलब्ध गराएका छौंँ, गाउँपालिकाभित्र अहिले पनि जोखिमको सम्भावना भइरहेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ,’ अध्यक्ष केसीले भने।

ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घर पहिराको उच्च जोखिममा छन्। गाउँपालिकाभित्रका विद्यालयमा समेत पहिराले क्षति पुर्‍याएका कारण मर्मतसम्भार नगरेर विद्यालय सञ्चालन हुन सक्ने अवस्था छैन।

पहिराका कारण गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिका क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन्। गाउँपालिका जोड्ने मुख्य सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने केसीले बताए।

वर्षाले ठाउँठाउँमा पहिरो गएको र वर्षातका कारण पुनः पहिरो आउने भएकाले तत्काल ग्रामीण सडक सञ्चालन गर्न नसकिने उनको भनाई छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।