बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउने, प्रहरीलाई पनि भत्ता

काठमाडौं, भदौ ९ । बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ।

नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी आइसोलेसन तयार गर्ने निर्णय गरेको हो।

उक्त बैठकले बूढानीलकण्ड– १०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टिनलाई आइसोलेसन बनाउने निर्णय गरेको छ। त्यस्तै वडा नं २ स्थित बीएमसीएमा पनि आइसोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति निर्माण गरिने छ। बैठकले होम आइसोलेसन व्यवस्थित गर्न वडाध्यक्ष वा निजले तोकेको वडासदस्यीय एक संक्रमित बराबर एक व्यवस्थापन समिति निर्माण गर्न लागेको छ। उक्त समितिका अन्य सदस्यमा एक स्वास्थ्यकर्मी र एक संक्रमितको सहयोगीका रुपमा स्थानीयवासीलाई समेत राखिने भएको छ।

आइसोलेशन सहयोगी संक्रमितको आवश्यकता र सरसल्लाहमा तोकिने जनाइएको छ।

होम आइसोलेससनमा रहने संक्रमितलाई नगरपालिकाले पोषण सुरक्षावापत रु चार हजार उपलब्ध गराउनाका साथै एकभन्दा बढी संक्रमित रहेको परिवारलाई पोषण सुरक्षावापत रु ६ हजार एकमुष्ट प्रदान गरिने बताइएको छ। यस्तै संक्रमितको सहयोगीलाई प्रोत्साहनस्वरुप प्रतिपरिवार रु दुई हजार दिइने निर्णयसमेत भएको छ।

सो बैठकले प्रत्येक वडामा यसअघि सञ्चालनमा आएको क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन गर्ने र क्वारेन्टिन स्थल छनोट गरी तत्काल सञ्चालनमा ल्याइने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भट्टराईले जानकारी दिए।

साथै कोभिडको कारणले गर्नुपरेको बन्दाबन्दी तथा निषेधाज्ञाका समयमा सुरक्षाकर्मीको भूमिकालाई ध्यानमा राखी नगरपालिका क्षेत्रभित्र खटिने प्रहरीलाई प्रतिव्यक्ति रु एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ। यसैगरी नगरपालिकाको स्वास्थ्य सुरक्षामा पहिलो घेरामा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत तथा निषेधाज्ञाका समयमा कार्यलयको आवश्यकतानुसार खटिने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरिएको छ।

हालसम्म नगरपालिकाभित्र एक हजार नौ जनाको पिसिआर टेष्ट गरिएको छ। नगरपालिकामा जम्मा संक्रमित १३० पुगेका छन्। यस्तै २८ जना कोभिड –१९ बाट निको भई घर फर्किएका छन्। एक सय दुई जना कोरोना संक्रमित अस्पताल तथा घरमा आइसोलेसनमा बसिरहेको नगरपालिकाले जनाएको छ। आज नगरपालिकाका चार स्थानबाट चार सय जनाको पीसीआर टेस्ट गर्ने बैठकले निर्णय गरेको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।