नेपाल आइडल सिजन ३ काे उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंलाई
काठमाडौ । नेपाल आइडल सिजन ३ काे उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले जितेकी छिन्।

शुक्रबार स्टुडियोमा आयोजना भएकाे गायन रियालिलिटी सो नेपाल आइडल सिजन ३ को ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा विजेता घोषित भएकी हुन्।
नेपाल आइडल सिजन ३ को उपाधिसहित सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्।
यता फस्ट रनरअप प्रविनले १५ लाख र सेकेन्ड रनरअप किरणले पाँच लाख नगद प्राप्त गरेका छन्।


