अमिताभ बच्चनले खरिद गरे नयाँ वि’लासी कार, गर्न थालियो ट्रोल

एजेन्सी : बलिउडका महानायक अमिताभ बच्चन विलासी कारका शौखिन छन् । हालै उनले अर्को एउटा नयाँ विलासी मर्सिडीज एस–क्लास कार खरिद गरेका छन। यसका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ। फोटोमा अमि ताभ बच्चन कारसहित पोज दिइरहेको देखिएका छन् तर कोरोना कालमा अमिताभले कार खरिद गर्नु सोसल मिडिया प्रयोगकर्तालाई मन परेन र उनीहरुले बिग बीलाई ट्रोल गर्न सुरु गरे ।

एक प्रयोगकर्ताले लेखे, ‘यस्तो लाग्छ अमिताभ बच्चनसँग गाडीको कमी छ। एक सोनू सूद छन्, जसले सबैको मद्दत गरिरहेका छन् । हुन त उनको पैसा, उनकै मर्जी हो । हामी को हौं र भन्ने । ’ अर्का प्रयोगकर्ताले लेखे, ‘के देखावटी गरिरहनु भएको हो ? ’ अर्का एक प्रयोगकर्ताले कमेन्टमा लेखे, ‘यी महानायक बन्छन् र सुशान्त सिं’ह राजपूतको विषयमा एउटा पोस्ट पनि लेख्दैनन् ।’

यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यत्रो पैसा छ भने दान किन गर्दैनौ ?’ रिपोर्टका अनुसार यो काल हालै भारतमा लञ्च भएको हो र अमिताभलाई यो यत्ति मन पर्यो कि उनले तुरुन्तै किनिहाले । अमिताभको यो नयाँ कारको मूल्य १ करोड ३८ लाख भारु बता इएको छ । स्मरण रहोस्, कोरोनालाई मात दिएपछि अमिताभले कौन बनेगा करोडपति १२ को सुटिङ सुरु गरिसकेका छन् । यसको जानकारी उनले ट्वीटरमा दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।