आमाको भूमिकामा अभिनेत्री श्वेता खड्का

काठमाडौं, भदौ १७ । चलचित्र ‘कहाँ भेटिएला‘ बाट सिने क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन्।

उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्षअघि प्रदर्शनमा आएको थियो।

अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी छन्।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन्। चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन्।

चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ। कोरोना महामारी र हालको लकडाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने निर्देशक थापाले जानकारी दिए।

डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ देखि लभरगर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्। उनी यो चलचित्रलाई लिएर उत्साहित छिन्। आमाको भूमिका भए पनि चलचित्रमा केन्द्रीय भूमिका श्वेताको रहने निर्देशक थापाले बताए।

हाल स्क्रिप्टको कार्य सकायर लोकेसन फाइनल गर्ने कार्यमा लागेका थापाले चलचित्रमा समाबेश अन्य कलाकार तथा प्राबिधिकहरुको जानकारी केसी समयमा गराउने बताए। कोरोना महामारीका कारण ठप्प रहेको चलचित्र उद्योगलाइ चलायमान बनाउनु र चलचित्रकर्मी तथा प्राविधिकहरुलाई आशावादी बनाउन जरुरी रहेका कारण आफू यो अवस्थामा पनि चलचित्र निर्माणमा जुटेको थापाले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।