दोलई खोलामा पहेँलो रङको कछुवा फेला

दाङ ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा पहेँलो रङको कछुवा भेटिएको छ ।

स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् ।

राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो ।

संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए ।

सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो । यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।