सिन्धुपाल्चोकका ७८ हजार परिवार नयाँ घरमा

सिन्धुपाल्चोक, भदौ २३ गते। विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्ये सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन्। जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्था पन तथा स्थानीय पूर्वाधार) कार्यालयका अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासो सहित जम्मा लाभग्राही ९० हजार ९०४ मध्ये ८८ हजार १२३ लाभग्राही कायम भएका छन् ।

भूकम्पबाट जिल्लामा ७८ हजार ३३७ घर पूर्ण रूपमा क्ष’ति पुगेको थियो तर सरकारले निर्माण गरेको नीति निर्माण र कार्यान्वयनले भत्किएका घरमध्ये १२ हजार ५०० बढी लाभान्वित बनेका छन । लाभग्राही कायम भएकाले घर बनाउन नसकि रहँदा हालसम्म पनि जिल्ला मा दुई हजारको हाराहारीमा पुनरावेदन पेश गर्न सदरमुकाम धाइरहेका छन् ।

लाभग्राही कायम भएकामध्ये ८८ हजार ११० जनाले मात्रै घर बनाउनका लागि सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख प्रेमप्रसाद गौतमले बताउनुभयो । भूकम्प प्रभावित लाभग्राही सूचीमा रहेका सिन्धुपा ल्चोकका तीन हजार ५८९ ले सम्झौता गरेर पनि अझै आवास निर्माण नगरेको पाइएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा परी सिन्धुपाल्चोकमा तीन हजार ५७३ जनाले ज्यान गुमाएका थिए भने ९५ प्रतिशत घर भत्किएको थियो । भूकम्पपछि सिन्धुपाल्चोकमा कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्नलायक रहेका थिएनन् । घर बनाउन सम्झौता गरेर रु ५० हजार लिएकामध्ये ३६ लाभग्राहीले पहिलो किस्ता फिर्ता गरे पनि हालसम्म तीन हजार ५८९ जनाले हालसम्म पनि निर्माणको थालनी नगरेको कार्यालयले जनाएको छ ।

कोरोना कहरका बीच विश्व नै आक्रान्त बनिरहेको बेला जिल्लामा पुनःनिर्माणको कार्यले भने निरन्तरता पाएको छ । जिल्लामा गत चैत ११ गतेपछि मात्रै ९८६ लाभग्राही नयाँ घरमा सरेको पाइएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्याङ्क छ । कार्यालयको तथ्याङ्कका अनुसार लकडाउनयता मात्रै ४२९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । यसैगरी ४८१ लाभग्राहीले दोस्रो किस्ता हासिल गरेका छन् ।

नब्बे हजार ९०४ लाभग्राही ठहर भएकोमा अनुदान सम्झौता गरेर ८८ हजार ११० लाभग्राहीले पहिलो किस्तावापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्याङ्क छ। हालसम्म पहिलो किस्ता लिएकामध्ये ८४ हजार ४८५ जनाले दोस्रो किस्ता हासिल गरेका छन् । पहिलो किस्ता लिएकामध्ये हालसम्म ८४ हजार १२६ लाभग्राहीले दोस्रो किस्ता हासिल गर्नका लागि सिफारिस गरिएका छन् भने हालसम्म ७८ हजार ३०२ जनाले मात्रै तेस्रो किस्ता हासिल गर्नका लागि मापदण्ड पूरा गरेका जिल्ला आयो जना कार्यान्वय एकाइ भवनका आयोजना प्रमुख सन्तोष निरौलाले बताउनुभयो ।

जिल्लामा भूकम्पपछिको पुनःनिर्माण शुरु भएयता एकीकृत बस्ती निर्माणको अभियान शुरु भएको देखिन्छ । जिल्ला हालसम्म २२ वटा एकीकृत बस्ती निर्माण तयारी भएको र १५ वटा एकीकृत बस्तीको भवन निर्माणको कार्य सम्पन्न भएको छ । चा रवटा निर्माणाधीन रहेको र तीनवटा बस्ती शुरु गर्ने तयारीमा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का सूचना अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले कडा र प्रभावकारी नीति बनाउन नसक्दा धेरै समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख निरौलाले बताउनुभयो। “सरकारले नीति कडा र प्रभावकारी बनाउन सकेन तसर्थ पुनःनिर्माणको सवालमा धेरै चुनौती र समस्याहरु पैदा भएका छन्”, उहाँले भन्नुभयो ।

त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भौगर्भिक अध्ययन तथा जग्गा व्यवस्थापन शाखाले जिल्लाका विभिन्न निकायसँगको समन्वय गरी २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको निष्कर्ष निकालेको थियो भने ७५ स्थान सुरक्षित, ९६ स्थान संर क्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको थियो । यसअनुसार स्थानान्तरण नहुँदा पनि पुनःनिर्माणमा समस्या पैदा भएका छन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।