खाद्यान्न ढुवानी हुन नसक्दा महंगी बढ्यो

दार्चुला (रासस) । गत आर्थिक वर्षका लागि अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी डिपो र व्यासको सुनसेरा डिपोका लागि माग गरिएबमोजिम खाद्यान्न ढुवानी हुन नसक्दा अहिले जिल्लामा खाद्यान्न महंगो हुँदै गएको छ ।व्यास र अपि हिमाल जोड्ने सडक अवरुद्ध भएसँगै गाउँमा खाद्यान्नको मूल्य महंगो भएको हो । गत वर्ष सुनसेरा डिपोका लागि एक हजार ६३० क्वीन्टल खाद्यान्न ढुवानी भएको थियो । गाउँपालिकाबाट थप आठ सय क्वीन्टल खाद्यान्न माग गरिएको भए पनि ठेकेदारले समयमै ढुवानी गर्न नसक्दा खाद्य संस्थानको धनगढी डिपोमै थन्किएको हो ।

यस्तै अपिहिमाल गाउँपालिकाले गत वर्ष दुई हजार ५९९ क्वीन्टल खाद्यान्न ढुवानी गरेको थियो भने थप गरिएको एक हजार क्वीन्टल खाद्यान्न ठेकेदारले ढुवानी गर्न नसकेको नेपाल खाद्य संस्थान धनगढी प्रमुख अनिल श्रेष्ठले बताउनुभयो । “कोरोना भाइसरका कारण स्थानीय तहले खाद्य संस्थानकै चामल ल्याएर राहत बाँड्दा खाद्यान्न बढी ढुवानी भएको देखिन्छ”, उहाँले भन्नुभयो, “तर माग गरेअनुसारको खाद्यान्न समयमै उठ्न नसक्दा गोदाममै थन्कियो ।” यस्तै गत वर्ष व्यास–१ छांगरु बिक्री केन्द्रमा दुई सय क्वीन्टल खाद्यान्न ढुवानी भएको थियो ।

निर्धारण गरिएको कोटा भन्दा खाद्यान्न माग गरिएपछि खरिद गरिएको धान कुटाउँदै पहाड पठाइएको उहाँले बताउनुभयो । यो वर्ष पनि दार्चुलाका दुई डिपो र दुई बिक्री केन्द्रका लागि बोलपत्र स्वीकृत भइसकेको छ । आशय पत्र खोल्ने बित्तिकै ठेकेदारसँग सम्झौता गरेर हिमाली जिल्लामा खाद्यान्न पठाउने तयारी गरिएको खाद्य संस्थान प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष अपिहिमालको खण्डेश्वरी डिपोका लागि दुई हजार क्वीन्टल र व्यासको सुनसेरा डिपोका लागि एक हजार क्वीन्टल चामल ढुवानीका लागि बोलपत्र आह्वान गरिएको छ ।

नयाँ थप गरिएको छांगरु बिक्री केन्द्रका लागि पाँच सय क्वीन्टल र व्यासकै वडा नम्बर २ राप्ला बिक्री केन्द्रका लागि पाँच सय क्वीन्टल खाद्यान्नका लागि पहिलो चरणमा बोलपत्र आह्वान गरिएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा भने यो वर्ष सडक बन्द हुनु र कोभिडका कारण नियमित यातायात सूचारु नहुँदा खाद्यान्नको मूल्य आकाशिएको छ । अहिले गाउँमा स्थानीयवासीले खाद्यान्नको मूल्य छोइ नसक्नुभएको व्यासका दानसिह कार्कीले बताउनुभयो । व्यास–५ की धाना कुवँर गाउँमा बजारबाट आउने चामल निकै महंगो भएको बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।