साउदी अरबले १५ सेप्टेम्बरबाट आंशिक अन्तर्राष्ट्रिय उडान र जनवरी १ बाट पूर्ण प्रतिबन्ध हटाउने
धनकुटा खबर । साउदी अरबले सेप्टेम्बर १५ देखि आंशिक रूपमा अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्ने त्याहाँको आन्तरिक मन्त्रालयले आईतबार बताएको छ ।
कोरोनाभाइरस महामारीको कारण यात्रा प्रतिबन्ध लगाएको छ महिना पछि आँशिक रुपमा हटाउने निर्णय गरेको हो ।
यसैगरि आगामी वर्षको जनवरी १ पछि हवाइ, जमिन र समुद्री यातायातमा लगाइएको सबै प्रतिबन्ध हटाइने तयार गरिएको तर यस विषयमा आगामी डिसेम्बरमा घोषणा गरिने पनि मन्त्रालयले जनाएको छ ।
ईकामा भएका गैर साऊदी नागरिक वा भिडिट भिसा भएका नागरिकले साऊदी प्रबेश गर्न पाऊनेछन । तर पछिल्लो ४८ घण्टा भित्र कोराना भाईरस नेगेटिभ रिपोर्ट भएको हुनु पर्ने छ ।
यसै गरी अन्य समुहमा विदेशमा अध्ययन गरिरहेका साऊदी बिद्यार्थी, छात्रवृती पाएका विद्यार्थीहरु र मेडिकल क्षेत्रमा तालिम लिईरहेका हरु पनि पर्ने मन्त्रालयले जनाएको छ ।
आफ्ना परिवाससँग छुटिएर साऊदीमा बसिरहेकाले पनि अब बाहिर जान पाऊने भएका छन । एजेन्सीको सहयोगमा


