आज एकैदिन १ हजार ५ सय १३ संक्रमित थपिए,कुन जिल्लामा कति ?
काठमाडौं, १३ असोज । मुलुकमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को इलाममा १ जना, उदयपुरमा २ जना, ओखलढुंगामा १ जना, झापामा ९ जना, तेह्रथुममा २ जना, भोजपुरमा १ जना, मोरङमा १ सय १ जना, र सुनसरीमा ३२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, प्रदेश २ को धनुषामा १० जना, पर्सामा २३ जना, बारामा ४ जना, महोत्तरीमा २ जना, सप्तरीमा ५ जना, सर्लाहीमा ६ जना र सिरहामा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको काठमाडौंमा ७ सय ४७ जना, काभ्रेमा १३ जना, चितवनमा ६२ जना, धादिङमा ४ जना, नुवाकोटमा ४ जना, मकवानपुरमा ६ जना, रामेछापमा १ जना, सिन्धुपाल्चोकमा १ जना, ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ७३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीमा १६ जना, गोरखामा २ जना, नवलपरासी पूर्वमा १५ जना, र स्याङजामा २ जनामा संक्रमण देखिएको छ । यता, प्रदेश ५को कपिलवस्तुमा १८ जना, गुल्मीमा २ जना, दाङमा ११ जना, नवलपरासीमा ५ जना, पाल्पामा ६ जना, बर्दियामा १९ जना, बाँकेमा ४१ जना, रुपन्देहीमा ९५ जना र रोल्पामा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८ जना, कैलालीमा २७ जना, डडेल्धुरामा १ जना, डोटीमा १ जना, र बैतडीमा ७ जनामा संक्रमण देखिएको छ ।


