रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता

काठमाडौं, असोज १३ । रुसबाट २ करोड ५० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन नेपाल आपूर्ति गर्ने व्यापारिक सम्झौता भएको छ।

मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा भ्याक्सिन आपूर्ति गर्न सम्झौता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रिनिटी फर्मास्युटिकल्सको माध्यमबाट नेपालमा कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ।

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा पनि एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ। यो भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो।

त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण गरेको दाबी गरेका थिए। तर तेस्रो परीक्षण नगरी भ्याक्सिन प्रयोगका लागि स्वीकृति प्रदान गरेका कारण विज्ञहरुले रुसी कार्यको आलोचना गरेका थिए।

हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेको छ। खोपले सकारात्मक परिणाम दिइरहेको बताइएको छ।

ट्रिनिटीका निर्देशक किशोर अधिकारीले नेपाल सरकारले भ्याक्सिनको स्वीकृति दिए तत्काल नेपालमा उपलब्ध गराउने बताएका छन्।

‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँगको सहकार्य घोषणा गर्दा हामी उत्साहित छौं। ट्रिनिटीले ‘स्पुतकिन भी’को अन्तिम परीक्षणको नतिजा प्रतिक्षा गरिरहेको छ,’ अधिकारीलाई उद्धृत गर्दै भ्याक्सिनको बारेमा जानकारी दिन बनाएको सोहि फन्डको वेबसाइटले जनाएको छ। ‘नेपाल सरकारले यो भ्याक्सिनलाई अनुमति दिनेबित्तिकै हामी नेपालमा यो भ्याक्सिन उपलब्ध गराउने छौं।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।