चालक संक्रमित भएपछि परीक्षण गराउँदा बूढानीलकण्ठ नगरपालिकाका मेयरलाई पनि कोरोना पुष्टि

काठमाडौं, असोज १८ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई काेराेना सङ्क्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

उनका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलले पनि परीक्षण गराएकाे नगरपालिकाले जनाएको छ।

कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ। नगरपालिकाका अनुसार उनमा लक्षणसमेत देखिएको छैन। मेयर खरेल अहिले होम आइसोलेसनमा बसेकाे प्रवक्ता भट्टराईले जानकारी दिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।