मिटर रिडिङ नगरी ज’रिवाना अ’सुली

सर्लाही, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै ज’रिवाना असुलीएको भन्दै उपभोक्ताले गु’नासो गरेका छन् । कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रि’डिङ नगरी चु’प बसेको वितरण केन्द्रले ज’रिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ । उनीहरुले वितरण केन्द्रका कर्मचारीको म’नलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको ला’लबन्दीका उपभोक्ता श्याम लामाले बताउनुभयो ।

विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क अ’सुलेको अर्का स्थानीय रमेश कार्कीको गुनासो छ ।विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रि’डिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि ज’रिवाना तिर्न बा’ध्य भएका छन् । प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफूले पैसा तिर्दा मिटरमा उठेको रकमको ज’रिवानासमेत गरी तिर्नुपरेको उनीहरुको गु’नासो छ ।

यो त उदाहरणका पात्र मात्र हुन् । लालबन्दीमा रहेको विद्युत् प्राधिकरण वितरण केन्द्रको लापर्वाहीका कारण वितरण केन्द्र माताहतका अधिकांश बिजुली उपभोक्ता स’मस्यामा परेका छन् । सरकारले लकडाउनको समयमा विद्युत् महशुलको ज’रिवाना नलिन भनेको भए पनि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै ज’रिवाना अ’सुल्ने गरेको गुनासो आएको हो ।शुरुशुरुमा समस्या आएको तर अहिले त्यो समस्या समाधान भइसकेको साथै सबै विकल्प दिइएको भए पनि उपभोक्ताले बेवास्था गरेका र सबैलाई जानकारी नभएका कारण पनि समस्या आएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताउनुभयो ।

पहिलाको निर्णयअनुसार असोज ६ गतेपछि ज’रिवाना लिने भनिएको र सोहीअनुसार जरिवाना लिएको तर फेरि विद्युत् प्राधिकरणले असोज २२ गतेसम्म ज’रिवाना नलिने निर्णय गरेपछि बीचमा लिएको ज’रिवाना खपत युनिटबाट घ’टाउने विद्युत् प्राधिकरणले निर्णय गरेको वितरण केन्द्रका प्रमुख रायले बताउनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।