प्रदेशसभा सदस्य भट्टलाई कोरोना सङ्क्रमण

बैतडी, कात्तिक २ गते । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गत असोज २५ गतेदेखि होम क्वारेन्टिनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको हुँ, कोरोना पुष्टि भए पनि अहिले पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।” आफू अहिले सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेको प्रदेशसभा सदस्य भट्टले बताउनुभयो ।

गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किनुभएका प्रदेशसभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । उहाँका गाडी चालकको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

वडाअध्यमा पनि कोरोना सङ्क्रमण

यसैबीच जिल्लामा जनप्रतिनिधिसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकास्थित एक वडाध्यक्षसहित दुई जनप्रतिनिधि, पाटनकै अन्य दुई जनामा कोरोना पुष्टि भएको हो । वडा नं ३ का ६० वर्षीय पुरुष, वडा नं ५ का ३९ वर्षीय महिला, वडा नं ३ का ३० वर्षीय पुरुष र वडा नं ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

जनप्रतिनिधि र १२ वर्षीय पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको र ३० वर्षीय पुरुष भने काठमाडौँबाट फर्किएका रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । कोरोना पुष्टि हुने सबै होम क्वारेन्टिनमा रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका वडा नं ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण उनीहरु सबैमा कोरोना पुष्टि भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।