पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गर्ने पेट्रोल पम्प सिल

सुर्खेत, कार्तिक ५

जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शंकर आयल स्टोर्सलाई बन्द गरिएको हो। डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर राणा नेतृत्वको अनुगमन टोलीले मंगलबार पेट्रोलको नमूना संकलन गरेको थियो। संकलित नमूना नेपाल आयल निगमको काठमाडौंस्थित प्रयोगशालामा पठाउन निगमको प्रदेश कार्यालय सुर्खेतको जिम्मा लगाइएको छ। प्रशासकीय अधिकृत राणाले अर्को आदेश नहुन्जेलका लागि उक्त आयल स्टोर्स बन्द गरिएको जानकारी दिए।

अनुगमन टोलीसमक्ष पम्प सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट तेल खन्याउँदा डिजेलको टंकीमा राख्नुपर्नेमा भुलवश पेट्रोलको टंकीमा मिसिन पुगेको बताए। मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन दिइए पनि नयाँ कर्मचारीले केही उपभोक्तालाई पेट्रोल बेचेको उनको भनाइ छ। बिक्रेताले इन्धनमा मिसावट गरेको रिपोर्ट प्रमाणित भएमा पहिलो पटकका हकमा रु एक लाख जरिवानासहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानूनी प्रावधान छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।