धनकुटाको चौबिसेमा आमालाई खाना र शिशुलाई नाना कार्यक्रम सुरु
धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकाले आमालाई खाना शिशुलाई नाना कार्यक्रमको सुरुवात गरेको छ ।

आज चौविसे गाउँपालिका ८ वसन्तटार निवासी बम बहादुर मगर र उनकी श्रीमती सुसन मगरको कोखबाट जन्मिएको नवजात शिशु र सुत्केरी आमालाई निजको निवासमा गई गाउँपालिका अध्यक्ष खजिज्द्र राईले कार्यक्रको सुरुवात गर्नु भएको हो ।
सुरुवात कार्यक्रमा उपाध्यक्ष श्री यज्ञ कुमारी रुचाल ८ नं. वडाका वडा अध्यक्ष धन बहादुर लिम्बुले आमालाई खाना शिशुलाई नाना कार्यक्रम अन्तरगत आमालाई चामल, तेल, मसला,सेनिटेरी प्याड र नवजात शिशुलाई न्यानो कपडा हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको गाउँपालिकाले जनाएको छ । उक्त्त कार्यक्रम चौविसे गाउँपालिका भरी निरन्तर सञ्चालन गरिने छ ।


