यसकारण नेपालमा संसदीय प्रणालीनै असफल

वीरबल खड्का ।

नेपालका राजनीतिक दल भित्रको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएर गुटगत बिभाजनबाट नेता उत्पादन हुदा,जनताले दललाई पटक पटक बहुमत दिए पनि जनभावना अजुसार काम भएन तसर्थ नेपालमा संसदीय प्रणालीनै असफल।

नेपालका राजनीतिक दल भित्रको आन्तरिक राजनीति भित्रको लोकतान्त्रिक अभ्यासको प्रयोग र यसबाट जन्माएको नेतृत्वले सिङ्गो दलको नेतृत्व गर्न सक्ने सक्षम नेतृत्व किन जनमाउन सक्तैन किन यहाँ भित्र एक ले अर्कोलाई कहिले पद्धति र बिधानका नाममा कहिले समुहिक नेतृत्वको नाममा पार्टी भित्रका प्रभाब पर्न सक्ने एक दुई नेताले पार्टि संरचनाका केन्द्रीय समिति,स्थायी कमिटीलाई बिभाजन गरेर कहिले पनि निर्णयक थलो बनाउने गरि अभ्यास गर्न दिदैन्न कुनै न कुनै बहानाले यसलाई जहिले पनि निश्क्रीय बनाई रहन्छन् तसर्थ कुनै पनि बिषयको व्यापक बहस र छलफल हुन सक्दैन सिमीत नेताको कुरा मिल्दा सबै कुरा मिलेको भन्ने गरि पार्टिलाई किन हिडाईन्छ?पार्टिको जीवन भन्ने केन्द्रीय कमिटी जहिले पनि बिमुख भएका हुन्छन महिनौ सम्म कुनै पनि प्रस्ताब छलफल र निर्णय हुदैन्न खाली प्रक्रियागत अनुमोदनको नाममा नेतृत्वको १,२ जना नेताको कुरा मिलेपछी त्यसलाई सही छाप गर्नको लागि मात्र केन्द्रीय सदस्यहरु भुमिकामा बस्नु आफैमा कस्तो अभ्यास हो यस्ता बिषयमा सम्वद्ध पक्षले बुझ्नु पर्छ।

साथै यो नजीर तल गाउँ,नगर,र जिल्ला कमिटीमा पनि यस्तै छ यसरी तलैबाट यस्तो किसीमको अभ्यास गर्दा पार्टीमा कस्तो खालका मान्छे नेतृत्वमा पुग्छन अनि कसरी देशले सक्षम नेतृत्व पाउँछ यो नै शंकाको बिषय हुन पुगेको छ जसको फलस्वरुप आज बहुमत प्राप्त दलको सरकार हुदा पनि सत्ताकै बिषयलाई लिएर बिवाद सतहमा आउने गर्छ।

राजनीतिक दल भित्रको लोकतन्त्र र लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने हुंदैन । राजनीतिक दल र लोकतन्त्रको एक आपसमा मेल नहुँदा कुनै एक वा दुवै राजनीतिक दल र लोकतन्त्र कमजोर हुन्छ । जसबाट समाज (राष्ट्र) मा द्धन्द्ध, अस्थिरता पैदा हुन्छ । त्यसैले यी दुवै अन्तरसम्बन्धित छन् र हुनुपर्दछ ।

राजनीतिक दलहरु सरकारमा गएसँगै लोकतान्त्रिक भावनालाई विर्सेर दलगत स्वार्थमा मात्र हैन दल भित्रकै नेताले कसले नेतृत्व गर्ने भन्ने होड बाजि चल्छ र दल भित्रका नेता आ-आफ्नो पक्षमा पार्टिका सासंद,नेता र कार्याकर्ता बनाउने र दलमा आफुलाई शक्तिशालि बनाउने नजीरले गर्दा पार्टीलाई जनताले मत दिए पनि नेतृत्वमा एक जुट नहुदा व्यबस्थापिकामा न कार्यापालिकामा पार्टीको भुमिका जनताको भावाना अनुरुप चलेको पाईदैन्न जसरी बिगतमा पनि २०४६ सालको परिवर्तन पश्चात् नेपाली काङग्रेसलाई जनताले बहुमत दिए पनि बीचमै सरकारलाई असफल बनाएर मध्यावधी निर्वाचनमा गएको थियो जुन प्रतिपक्षले गर्दा हैन आफ्नै दल भित्रको आन्तरिक कलहनै थियो त्यसतै अहिलेको नेकपा को बहुमतको ओली सरकारलाई पनि यसरीनै असफल बनाउने गरि भएका क्रियाकलापले अब संसदीय व्यबस्थानेै नेपालका लागि असफल भएको पुष्टि हुने छ त्यसैले पार्टी भित्रको आन्तरिक एकता र पद्धतिको नेतृत्वको बिकास नहुन जेल दलको नेतृत्वले देशका लागि असल नेता दिन सक्दैनन्।

पार्टी जिम्मेवारी कस्ता मान्छेको नेतृत्वमा दिने यसमा कुनै समय सिमाको आधार मापदण्ड,योगदान र त्यसको बलिदानलाई छायामा पारेर ठुला नेताले सिफारिस गरे जिम्मेवारीमा पुग्ने कस्तो अभ्यासबाट हामीले नेता उत्पादन गर्दै छौ यहि नियम चुनाबको टिकट दिने कुरामा पनि लागू भएको छ नेताको स्व निर्णय अन्तिम यो कस्तो खालको लोकतन्त्रको अभ्यास दल भित्र गर्दै छौ यसमा सक्षम दीर्घकालीन समाधान त पद्धति (सिस्टम) बसाल्नेमा खोज्नुपर्छ । अभ्यासका क्रममा लोकतन्त्र आफैं सच्चिँदै जाने (सेल्फ करेक्टेड) प्रक्रिया हो ।

समाधान पात्रमा होइन, पद्धतिमा खोज्ने हो । पद्धतिको संस्थागत विकास हुँदै जाँदा पात्रको हेरफेरबाट लोकतन्त्रको आधारभूत चरित्र र तत्त्वमा धेरै असर पर्दैन । पद्धतिको संस्थागत विकासबाट मात्र राजनीति सरल, सहज र स्थिर दिशातर्फ उन्मुख हुन्छ।हाम्रो जस्तो संसदीय प्रणाली अन्तर्गत जनताको प्रत्यक्ष मतबाट हैन निर्बाचित स्वतन्त्र एवम् दलको नेता सासंद बाट दल भित्रैको नेतालाई देशको कार्याकारी प्रमुख बनाउदा त्यहा कस्तो खालको सक्षमता भएको व्यक्ति नेता बनाएर पुर्याउने भन्न कुरा राजनीतिक दलको बिषय हो तसर्थ देशलाई सक्षम तरिकाले सञ्चालना गर्न सक्ने योग्य मान्छे पुर्याउनु पर्ने हुन्छ के त्यो भुमिका नेपालका राजनीतिक दलले पूरा गरेका छन त ??संविधानले दिएको व्यवस्था भनेको संसदीय प्रणाली हो,तसर्थ ।

निश्कर्षमा नेपालका दलले त्यस्ता मान्छे पुर्याउन सकेका छैन साथै कसले कसको नेतृत्व स्वीकार्ने कलह सगै संसदी प्रणालीनै असफल भयो तसर्थ अब जनताको मतबाटै कार्यपालिका बनाउन प्रत्यक्षकार्यकारी प्रमुखनै समस्याको समधान हुने संभावना बढेकाले यश अनुरुपको अभियास संबिधानमा व्यबस्था गर्दै कार्यन्वन गरियोस र सबै प्रकारका बेमेल अभ्यासहरूलाई क्रमशः छोड्दै जानु नै ठीक र युक्तिसंगत बाटो हो।

-धनकुटा,पाख्रिबास

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।