गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” को सताइसौं कृति एल्बम ”दर्पण” सार्वजनिक

काठमाडौ ।  संसारभर महामारी रोग कोरोनाले मान्छेहरूको जनजीवन कष्टकर बने पनि मान्छेहरूलाई बाँच्नु छ । समयलाई रोकेर सकिन्न, आफ्नो काम सबैले गर्नु नै छ तसर्थ यस्तो उस्तो भन्ने हुँदैन । जिन्दगी जसरी हुन्छ चलाउनु पर्ने हुन्छ ।

नेपाली गीत संगीत क्षेत्रमा यस्तो समयमा नेपाली संगीत क्षेत्रलाई जोगाइ राख्नको निमित्त ओएसनेपालको आयोजनामा नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ कोसेली भर्खरै थपिएको छ । चर्चित गायक/गायिकाहरूका स्वरमा सुसज्जित दर्शक एवं स्रोताहरूबाट धेरै मन पराइएका सुपर हिट गीत समेत रहेको मेलिना राईको स्वरमा रहेको ”म भन्दा-३” अर्थात आँसु झारी पुच्छी दिने बोलको गीतका साथै सुरेन्द्र महर्जन, राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, बिज्ञान लामा लगायतका स्वर रहेको छ ।

कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” को सताइसौं कृति एल्बम ”दर्पण” एक समारोहका बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको छ ।

ओएसनेपालको तर्फबाट विबेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त एल्बममा एप्स टि. भि नेपाल अफिसिएल मिडिया पाट्नर रहेको छ भने सह-मिडिया पाट्नर गोर्खा लाइभ डट कम रहेछ ।

कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन अमरको कृति माथि म्युजिक डायरीका प्रधान सम्पादक पत्रकार तुलसी गिरी, एप्सप टि. भी नेपालका प्रवन्ध निर्देशक राजु श्रेष्ठ, भिडियो निर्देशक तथा चलचित्र निर्देशक रोशन कुमार, ए.बि. सि टेलिभिजनका पत्रकार कविर बुढा, वरिष्ठ पत्रकार पाशङ्ग तामाङबाट आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

एल्बमभित्र रहेको गीतहरूको संगीत र एरेन्जरमा राम कार्की, पुष्कर सुनुवारको रहेकोे छ भने कार्यक्रम संचालन गोर्खा लाइभ डट कम का सम्पादक दिपक गुरुङले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।