नेतृत्वका नेताले त्याग नगरी अब आ-आफ्नै अडान बाट निर्णय खोजीए नेकपा गम्भीर संकटमा

वीरबल खड्का,धनकुटा। २०४६ पछिको पहिलो जननिर्वाचित सरकारका शक्तिशाली प्रधानमन्त्री भएका थिए– गिरिजाप्रसाद कोइराला जसरी उनको नेतृत्वको सरकारलाई पनि आफ्नै पार्टि भित्रको कलह र किचलो बढ्यो पश्चात तत्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नै पार्टीको समर्थन जुटाउन नसकेपछि संसद् भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरे । त्यहीँबाटै मुलुकमा राजनीतिक अस्थिरता सुरु भयो र मुलुकनै अनयोल बनाएको दृष्टानत हामी बीच छ। अन्तत् कुनै पनि राजनैतिक दलको स्पष्ट बहुमत नहुदा सरकार बनाउने र भत्काउने देखि दल मिलाउने र फुटाउने खेलमा नेपालका राजनीतिक दल लागि रहे कुनै पनि सरकार तीन वर्ष टिकन नसकेको नजीर थियो।

वर्तमान ओली सरकार प्रजातन्त्र पुनःस्थापनायताको पच्चीसौं सरकार हो, यी तीस वर्षमा नेपाली जनताको ठुलो बलिदान र सङ्गर्षले २ पटकको संबिधान सभा बाट निर्मित संघिय लोकतान्त्रिक गणतन्त्र सहितको समाजवाद उन्नमुख संविधान ,नयाँ व्यवस्थामा तीन तहको राज्य संरचना संघ,प्रदेश र स्थानीय गठन भयो,दुई तिहाई नजिक जननिर्वाचित वामपन्थी सरकार देशले पायो तर आज जुन आफ्नै पार्टीको भित्रको आन्तरिक खिचातानीले संकटउन्मुख हुँदै गएको छ आपसी नेताको टकराव आरोप प्रती आरोप गुटगत समुहको राजनीतिले अन्योल र अनिर्णय बनाउने गरि निकास नभएको पानी पोखरी बनाउन मै नेता र नेतृत्व तलीन छन् वैठक हुदै सामाजिक सञ्जाल अब सतहमा आईपुग्यो।

यसरी गिरिजाप्रसाद कोईरालाले मध्यावधी पश्चात् सरकारको अस्थीर कायम रहदै आयो जब तत्कालीन नेकपा एमाले मा ओली पार्टी नेतृत्वमा आए तब नेपालको राजनीतिमा राष्ट्रिय बिषयमा होस या अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान बढाउने कुरामा एमालेलाई स्पष्ट किता र अडानमा रहने पार्टि हो भनेर स्थापित गर्दै नेपालको नेतृत्वमा राष्ट्र र अन्तराष्ट्रियमा समेत सहि नेतृत्व दिएर पहिलो शासनकालमा ९ महिना चलाउदा पनि देश र जनताको हितको कामले जनताको मन मस्तिष्कमा बसन सफल उच्च छविका ओलीले फरक पृष्ठभूमि बाट आएको माओवादी सग चुनाबी गठबन्धन हुँदै पार्टी एकीकरण गरि बामपंथी अन्दोलनलाई समेत न्याय गरेका थिए जसको समग्र रुप हो नेकपा।

संविधान अनुरुप भएको तीनै तहको निर्वाचनमा जनताको बिश्वासको भारी मतका साथ निर्वाचित भएर देशमा लामो समय देखीको अस्थीरतालाई पन्छाउदै देशलाई एउटा स्थीरताको बाटो लगीराखेका छन् तर जसरी अहिले आएर ओली लाई आफ्नै दल भित्रको आन्तरिक कलह बढाएर सरकार सञ्चालनमा असयोग गर्दै अप्ठारो बनाउने काम गरिदै छ अब तत्कालै सबैले यस्ता कुरालाई मनन गर्दै नेतृत्वका नेताले कसैले पनि त्याग गरेर निर्णय गर्न नसक्ने हो र अडान राख्ने बाटोमा गए यसले देश र जनतालाई मात्र हैन नेतृत्व का नेतालाई पनि ठुलो घाटा पुर्याउछन् तसर्थ नेताको इमानदारीता र देश जनताको माया कति छ र उहाँहरुको राजनीति के का लागि रहेछ भन्ने कुरा जवाफ अब नैतिकता राखेर गरियोस र जनताले पर्खी रहेका छन्।

असाधारण परिस्थितिको बिचमा किन ईतिहासमा शक्तिसाली हुदा पनि जनताको जन जविकालाई समेत पुरा गर्न नसक्ने निकामको भयो? कि बनाईयो?यसको जवाफ अब पनि नदिने?कुरा धेरै नगरौ नागरिकका कुरा कसले पो सुन्ने हो र राज्यको कर्तव्य हुने नागरिक जीवन रक्षा गर्ने, विश्व व्यापी फैलिरहेको महामारीमा पनि आफ्ना नागरिकको स्वास्थ्य उपचारमा कहिले सरकारले गर्ने ?कहिले नागरिक स्वयमले गर्नु पर्ने जस्ता केटा केटी निर्णय भाडा कुटी जसरी जनताला किन खेलाउने काम गरिन्छ?यस्ता बिरोधाभाष निर्णय आउनुमा सरकारको परिस्थिति ताल मेल नमिलेर हैन सरकार भित्र नै सरकार असफल बनाउने अभ्यास हो अब नेतामा बिश्वासको संकट भयो व्यक्तिवाद, परिवारवाद, आसेपासे वाद, धन वाद, सामन्त वाद ,अभिमान समस्या भित्र रुमलिएर कुनै पनि निर्णय नदिने हो भन्ने अब देश गम्भीर संकटमा फसाउने काम गरियो केहिले सरकारमा पनि आ आफ्नै भागको माग गरेर कसरी देश र जनताको कल्याण गर्न सक्छन समयमै नेतृत्वले बुझ्नु पर्ने हुन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।