श्रद्धेय गुरु मनोजकुमार राई अब सम्झनामा मात्र

जीवनमा धेरै मान्छेहरुसग संगत हुने गर्छ र सबैलाई स्मरण गर्न पनि सकिदैन तर कुनै कुनै पात्र यस्ता हुने गर्छनकी हाम्रो जीवनमा धेरै स्मरणीय र महत्वका हुने गर्छन यस्तै पात्र हुनु हुनथ्यो श्रद्धेय गुरु मनोजकुमार राई यसरीनै नोभेम्बर २४/२०२० रातको समयमा (कतार) करिब ९:२७ बजे जब सुत्ने तयारी गर्दै आखा मोबाईको फेसबुकको स्क्रिनमै थियो आचनक म सगै कक्षा ८ देखी १० सम्म पढेर आउने साथीले सरको निधनको समाचार सहित श्रद्धाञ्जली पत्र पोष्ट गर्नु भयो एकछिन मैले दिमागमा केही सोच्न सकिन, यो कसरी भयो?तत्कालै उसलाई फोन गरेर बुझे आखिर सत्य रहेछ मनोज सर हामी बीच भौतिक रुपमा नरहेको कुरा साचौ रहेछ बिधीको बिधान ढिलो छिटो सबैको वाटो त्यही भए पनि उहाको निधनलाई स्वीकार्न गाह्रो भयो उहाँसगको संबन्ध हामी सग एउटा शिक्षक बिधार्थीको नाता मात्र हैन एउटा असल शिक्षक अभिभावक सगै सधै जीवनमा अगि बढ्ने असल प्रेरणा दिने व्यक्तित्व हुनु हुन थियो।

उहाँले पढाएको हरेक बिधार्थीको मन मस्तिष्कमा उहाँ सधै अमर रहनु भएको छ ,यसरी कक्षामा सबै बिधार्थी समान तरिकाले सिक्न सक्ने क्षमताका पनि हुदैन्न तर फरक फरक क्षमताको बीचमा पनि उहाँले सबैलाई केन्द्र बिन्दुमा राख्न सक्ने अबल क्षमता उहाँमा थियो यसरी सबै शिक्षकले सबै बिधार्थीलाई मनाउन सक्दैन्न तर मनोज सरको कुरा कुनै पनि बिधार्थीले काट्न सक्तैनन् थिए, जलपादेबी माबि भित्रका धेरै समस्या समाधान गर्ने देखि जुनसुकै उमेर समूहका बिधार्थीहरुलाई सजिलै आफ्नो प्रभावमा पार्न सक्ने अदभुत सामर्थ्य मनोज सरसग थियो।

मनोज सर हरेक बिधार्थीलाई मनोभाब बुझ्न सक्ने विद्यार्थीको मन मस्तिष्कलाई प्रज्ज्वलित पार्नु सक्ने अलग क्षमताले उहाँमा थियो अत्यान्तै मिजासिलो र सरल तरिकाले बिधार्थीलाई ध्यान केन्द्रित गर्दै पल पलको समय बिधार्थीको प्रेरणा बन्न सफल मनोज सर अतिने सहनशील, धैर्यवान , सरल, शिष्ट एवं नम्र स्वभाबले सधै बिधार्थिलाई ध्यान,मन खिच्न सफल हुनु हुन थियो। उहाँमा शिक्षण विधि केवल तथ्य स्मरण गराउने खालको मात्रै नभै व्यवहारिक एवं प्रयोगात्मक तरिकाले पुष्टि गर्ने सामर्थ्य थियो। सामान्यता कति बिधार्थीले अन्य सरहरुको घन्टीमा अनुपस्थिति देखाउनेहरु पनि मनोज सरको कक्षामा भन्ने कसैले पनि छुटाउदैन्न थिए जुन कुरा उहाको अनुकरणीय र शालीनता उपज थियो।

सामान्यतया आफूले जानेको बुझेको कुरा पाठ्यपुस्तक भित्र रहेर विधार्थीलाई सिकाउने व्यक्ति शिक्षक हो। तर, आफनो ज्ञान, सीप, कलादेखि आफनो आदर्श एवं मूल्य मान्यता पनि प्रष्टसँग व्यावहारिक रूपमा सिकाउन सक्ने व्यक्ति भित्र मनोज सर पर्नु हुन्छ। केवल पाठ्यपुस्तकमा भएको वाक्य एवं हरफहरू पढेर सुनाउने काम मात्रै शिक्षण कार्य होइन तर उहाँमा एउटा मनो बिज्ञानलाई बुझ्ने र हरेक बिधार्थीलाई बुझाउन सक्ने क्षमता थियो।आज उहाले पढाएका बिधार्थी बिश्वका हरेक कुनमा छरीएर रहेकाछन्।

आज जलपा देवी माध्यमिक बिधालयको हरेक पक्षबाट विकास गर्न तथा र नमुना बिधालय बनाउनमा महत्त्वपूर्ण भुमिका खेल्नु हुने मनोज सरको योगदान बिधालयले कहिले पनि बिर्सन हुदैन्न,यस बिषयका बारे म बिधालय परिवारको ध्यानआकर्षण पनि गर्न चहान्छु साथै जालपा देवी मा.वि. मा लामो समय शिक्षण गर्नु हुने बहुआयामिक प्रतिभाका धनी आदरणीय गुरु मनोजकुमार राईको दु:खद निधनले हामीलाई अपुरणीय क्षति भएको छ हामी सबैलाई मर्महित र भावविह्वल बनाएको छ अल्पायुमै असामायिक निधन हुनु हुने आदरणीय गुरु मनोजकुमार राईको आत्माको चिर शान्तिको कामना गर्दै बैकुण्ठ लोकमा बाँस होस हार्दिक श्रद्धासुमन सहित अल विदा मनोज सर।

-पुर्व विधार्थी: वीरबल खड्का,श्री जालपादेवी मा.बि पाख्रिबास धनकुटा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।