“देशमा स्थिरता नचाहनेहरु ,सधै संक्रमण बनाएर स्वार्थ लिदै आएका गैर राजनीतिक संगठन ,व्यक्ति पुन सक्रिय हुँदा बलिदानबाट प्राप्त उपलब्धिहरु माथी खतरा भयो”

वीरबल खड्का धनकुटा। नेपालमा विभिन्न काल खण्डमा विभिन्न शासकको शासन,व्यबस्था भित्र विभिन्न किसीमका विभेद उत्पीडन अन्याय अत्याचार दमन र शोषणका बिरुद्ध परिबर्तन र मुक्तिको खातीर सशस्त्र तथा निसशस्त्र बिद्रोह देखि अनेकौ खालका आन्दोलन गर्दै र भोग्दै आउँदा लाखौं जीवनको योगदान र बलिदान भएका छन् यो माटोमा, तर हामीले एउटा यस्ताे जमात पनि तयार गरेका छौ कि जो कुनै पनि राजनैतिक आस्था प्रती न-कुनै झुकाब न-कुनै लक्ष्यनै छ न-सिद्धान्त न-आचरण, न-आफुलाई स्वतन्त्र भएर स्वतन्त्रत भुमिका भित्र राम्रो वा नराम्रो छुट्टाएर निर्णयमा बिवेकको प्रयोग नै गर्छन, जो सुकै सत्तामा पुगोस नपुगोस यसमा खास यस्ता समुहलाई असर पर्दैन यो जमातले खाली समाजलाई जहिले पनि जुन सुकै प्रकारले भए पनि अस्थीर मात्र बनाएर धमीलो पानीमा माछा मार्ने र आफ्नो फाईदा मात्र लिने गर्छन त्यसमै केन्द्रीत हुने गर्छ।

यस्तो समूह आफ्नो अनुकुल हुने साथ जति खेर पनि जो सुकैको झण्डा बोकेर सडकमा आएर बाताबरण बिगार्ने र अन्योलता बनाउने काम गरेका छन् यस्तो समूहको समयमा व्यबस्थापनमा कहिले पनि कसैको ध्यान हुदैन्न यस्तै रुपले समाजलाई अस्थिर र बिभाजनको बाटोमा पुर्याउन मदत गर्ने देशमा अनिश्चित र भ्रम फैलाउन मा यस्तो समूह सक्रिय हुने गर्छन र राजनीतिमा तरङ्ग र अन्योल बनाई दिने सामाजिक सद्भाव बिगारदिने हिंसा मचाउने गर्छन यो संगठनात्मक तरिकाले भुमिका खेल्ने र समाजलाई आन्दोलीत बनाए पछी यिनीहरु आन्दोलन छोडेर तरलतामा आफ्नो काममा सक्रिय भैहाल्ने गरेका छन।

देशमस भएका हेरक परिवर्तनका आन्दोलनमा परिवर्तन गर्ने शक्ति सग मिल्ने र त्यसबाट प्राप्त उपलब्धिको अंशियार भएर लाभ ऊठाउनलाई प्रयोग गर्ने गर्छन न-राजनीतिक दलका कार्यकर्ता नत सर्बसाधारण फरक पहिचान छ यिनीहरुको त्यसैले समाजमा जहाँ लाभ हुन्छत् यही आफ्नो भुमिका बढाउने सामेल भएर काम गर्ने गरेका हुन्छन यिनीहरुले जनता र देशलाई कहिले पनि केन्द्र बिन्दुमा राखेर व्यबस्था चलेको हेर्न मन पराउदैन्न खाली आफ्नो स्वार्थ र त्यसको परिपुर्ति गर्ने हिसाबले समाजलाई सधै तरलता बनाएर त्यसबाट लाभ उठाउने काममै तलिन हुने गर्छन।

हरेक व्यबस्था परिवर्तनको चरणमा सामाजिक आर्थिक सास्कृतिक राजनीतिक रुपले समायोजन हुने समय लिने गर्छन त्यस समयमा यिनीहरु धेरै सक्रिय भएर आफु अनुकुलताको काम गर्ने गर्छन यस्ता काम विशेष गरेर सरकारी जग्गालाई कृते जाल साजी गरेर नाम सारी गर्ने बिभिन्न मठ मन्दीर गुठी बिधालय भित्र प्रवेश गर्ने बिभिन्न नदि जन्य उत्खननमा देखी ठक्का पट्टा कमिशन सुचना आदन प्रदान, साझा सामाुदायक बन जस्ता कुरामा हस्तक्षेप गर्ने र तरलतामा बिचौलीयाको भुमीका जसरी पराजीवी भएर नेतृत्वलाई प्रयोग गर्ने गरेका छन तसर्थ अहिले पछिल्लो समयमा आएको देशको स्थिरताले गर्दा यिनीहरुलाई सुख्खा लागेका छ तसर्थ फेरी यिनीहरु बिभिन्न नामले चल्न थालेका छन।

यस्ता समुहको निश्तेज गर्नु जरुरी छ ताकी यस्ताको पछी लाग्नाले राजनीतिमा बिश्वासको संकट निम्ताउनमा षड्यन्त्र गर्ने ,आरोप प्रती आरोपमा पुग्ने र आफु आफु बीच धारणा बनाउने गर्छन ताकी नेपालका राजनीति दल र दलका नेतालाई यिनीहरुले आफु प्रयोग भैदिएको बहानामा यिनीहरुले नेतालाई आफ्नो हतिहार बनाउदै आएका छन् जसले गर्दा सामाजिक चरित्र भित्र समाजलाई अन्योल बनाएर अनिश्चितको बाटोमा पुर्याईदिने गर्छन जसमा यिनीहरु सफल हुँदै आएका छन् यस्ता प्रबृत्तीले समाजलाई कहिले स्थीर भएको हेर्न चहादैन्न कुनै न कुनै रुपमा समाजमा अन्योल र भ्रम फैलाउने एउटा अस्त्र हुँदै आएका छन् तसर्थ नेपाली जनताको ठुलो त्याग र बलिदानबाट आएका उपलब्धिलाई खतरा हुने संभव अहिले पछिल्लो समयमा यिनीहरुको सक्रियता बढ्दै जादा अहिले बिरोधी केही नारा लागाउने सडकमा गैर राजनिती मुद्दा उठाएर समाज संसकित बनाउन केही ठाउमा शुरु गरेका छन यश प्रती समयमा नेपालका राजनीति दल र सरकार सबै सचेत हुनु जरुरी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।