विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन् । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईँले बताए । नेपाली सेनामा कार्यरत बजगाईँले विवाहको खर्च कटौती गरेको रकमले अक्षयकोष स्थापना गरेका हुन् ।

बजगाईँले भने, “विवाहका लागि छुट्याएको रकम कटौती र टीका लगाएर जम्मा भएको रकमबाट गरिब विद्यार्थीको भविष्य उज्ज्वल बनोस् भनेर कोषको स्थापना गरेको हूँ ।” आफू नेपाली सेनामा कार्यरत रहेकाले सैनिक र नागरिक सम्बन्ध विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले कोष स्थापना गरेको उनको भनाइ छ ।

बजगाईँले वैवाहिक जीवनको शुभारम्भको अवसरमा वरुण बहुमुखी क्याम्पस खाँदबारीमा रु एक लाख २५ हजार ५२५ को अक्षयकोष स्थापना गरेका हुन् । उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाई’ अक्षयकोष स्थापना गरेका हुन् । दम्पती पवन र समीक्षाले विवाहकै दिन एक कार्यक्रम गरी क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई रकम हस्तान्तरण गरेका छन् ।

त्यसैगरी जिल्लामा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा रु ११ हजार १११ हस्तान्तरण गरेका छन् । विवाह शुरुवातीकै अवसरमा बजगाईँले महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङमा अध्ययनरत सुस्त श्रवण तथा बाहिरा स्रोत कक्षाका विद्यार्थीलाई लत्ताकपडा समेत सहयोग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।