नगरपालिकाले सञ्चालन गर्ने गरी ढोरपाटनका मेयरले किने व्यक्तिगत खर्चमा एम्बुलेन्स

बागलुङ, बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद गरेका छन्।

नगर प्रमुख नेपालीले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरिद गरेका हुन्।

झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे रु ११ लाखमा खरिद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए।

पश्चिम बागलुङमा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए। स्थानीय तहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरिद गर्ने वाचा गरेका थिए।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएपछि आपत्कालीन समयमा नगरपालिकाले छिमेकी बडिगाड गाउँपालिकासँग सहयोग माग्ने गरेको थियो। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖