प्रअ श्रेष्ठ ह,त्याका दोषीलाई कारवाही माग

काठमाडौँ । मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मङ्सिर २३ गते बिहान अपहरण पश्चात भएको ह,त्याको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ ।

जघन्य ह,त्याका दोषीलाई कानुन सम्मत कारवाही गर्न समाज सरकारसँग माग गरेको छ । ह,त्या हिं,साको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने समाजले सम्बन्धित सबैलाई स्मरण गराएको महासचिव सुशील बस्नेतले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विश्वशान्तिको कामनासहित प्रदर्शन

आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन् भन्ने नारासहित अन्तरराष्ट्रिय मानव अधिकार दिवसका दिन मङ्सिर २५ गते मानव अधिकार तथा शान्ति समाजका ३२ जिल्ला शाखाले देशका ३३ स्थानमा प्रदर्शन गरेका छन् ।

मानव अधिकार दिवसकै दिन समाजले काठमाण्डौ÷ललितपुरस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, प्रजग कोरिया र इजरायलका दुतावास अगाडि प्रदर्शन गरेको थियो । यस क्रममा समाजद्वारा देशभर आयोजित ४२ वटा प्रदर्शनमा एक हजार भन्दा बढी शान्तिवादीको सहभागिता रहेको थियो ।

भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरका सन्दर्भमा समाज काठमाडौँ शाखाको आयोजनामा ‘भ्रष्टाचारीलाई कारबाही गरौ, भ्रष्टाचार अन्त्य गरौ’ भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।