नेपाल अल्ट्राटेकले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट अब पीपीसीमा पनि !

इटहरी । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट अब पीपीसीमा पनि उत्पादन गरि बिक्री वितरण सुरु गरेको छ । ओपीसी र पिएससीमा उत्पादन हुँदै आएको बन्धन सिमेन्ट पीपीसीमा पनि उत्पादन गर्न थालेको कम्पनीले जनाएको छ ।

पूर्वी नेपाललाई आफ्नो विशेष पकड क्षेत्र बनाएर सिमेन्ट उत्पादन गर्दै आएको नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले ओपीसी र पिएससी जस्तै पीपीसी सिमेन्टमा पनि गुणस्तरमा कुनै सम्झौता नगरिएको बताएको छ । बढ्दो गुणस्तर सिमेन्टको मागलाई मध्यनजर गर्दै आफूहरूले गुणस्तरीयतामा विशेष ध्यान दिएर सिमेन्ट उत्पादनमा जोड दिएको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए ।

बन्धन ब्रान्डको ओपीसी र पीएससी सिमेन्टले ग्राहकहरूको मन जितेको र ग्राहकहरूबाटै बन्धन पीपीसी सिमेन्टको खोजी हुन थाले पछि आफूहरूले ग्राहकाको मागलाई मध्यनजर गरेर बन्धन पीपीसी सिमेन्ट उत्पादन सुरु गरेको मारुले बताए ।

मारुले विश्व बजारमा १५ भन्दा बढी प्रकारका सिमेन्टहरूको प्रयोग भएको बताए । उनका अनुसार नेपालमा भने मुख्य तीन प्रकारका सिमेन्ट मात्र प्रयोगमा आएको र आफूहरूले बन्धन ब्रान्डमा तीनै प्रकारको सिमेन्ट उत्पादन गरिरहेको जानकारी दिए । नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट ओपीसी र पीपीसी हो भने पछिल्लो समय पीएससी सिमेन्टको माग पनि उच्च रहेको मारुले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।