गोही प्रजनन केन्द्रमा भालेको अभाव

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ । त्यहाँ रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले काम नगरेपछि गत वर्ष त्यहाँका ११ वटा पोथीले पारेका ३०० हाराहारी अण्डा खेर गएका छन् । चैत महिनापछि गोहीले अण्डा पार्दछन् ।

हाल रहेको भाले ४२ वर्ष उमेरको छ । अन्तर्राष्ट्रिय अनुसन्धानमा भालेले ५० वर्षसम्म प्रजनन गर्नसक्ने भनिए पनि यहाँको भालेले काम नगरेको खड्काको भनाइ छ । गोहीको उमेर मानिस सरह हुने बताइन्छ । खड्काले भने, “पछिल्ला वर्षहरुमा अण्डाबाट बच्चा कोरिलने क्रम घट्दै थियो । गत वर्ष त शून्य भयो ।” यस वर्ष समयमै भाले ल्याउन नसके प्रजनन केन्द्रमा पारेका अण्डा खेर जानेछ । उक्त भालेको वीर्यमा समस्या भएको हुनसक्ने बताउँदै खड्काले नेपालमा यससम्बन्धी परीक्षण गर्न चिकित्सक नभएको बताए ।

निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा गएको साउनमै यस समस्याका बारेमा पत्राचार गरिसकेको छ । विभागले गृहकार्य थालेको भए पनि सम्भव हुन सकेको छैन । विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बर्दियाबाट भाले ल्याउन गृहकार्य गरिएको भए पनि त्यहाँ नै सङ्ख्या कम भएपछि ल्याउन नसकेको बताए। तत्काल भारतबाट पनि ल्याउन सम्भव नरहेको भन्दै उनले समस्याको समाधान खोज्ने भन्ने विषयमा विभागले आवश्यक गृहकार्य थालेको बताए । उनले भने, “तत्काल भाले ल्याउन गाह्रो छ ।” गोही प्रजननमा न्यून मात्रै भाले जन्मने गर्दछन् । निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा भालेको सङ्ख्या कम भएपछि तीन वर्ष अघि बर्दियाबाट एउटा भाले ल्याइएको थियो ।

हाल ती दुई नदीमा पाँच वटा भाले देखिएका छन् । सहायक संरक्षण अधिकृत खड्काले अर्को एक भाले पनि रहेको हुनसक्ने अनुमान गरिएको बताए । बर्दियाको बबईबाट ल्याइएको भाले हाल निकुञ्जको त्रिवेणी आसपासमा देखिने गरेको छ । भाले लाग्ने बेलामा पानीभित्र पोथीसँग समागम गर्ने गर्दछ । प्रजननका लागि योग्य भएका पोथी घडियाल भालेसँगै राखिने गरिएको छ । यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । अहिले यस प्रजनन केन्द्रमा ६५६ वटा घडियाल गोही रहेका छन् ।

सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका ८३५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । हिउँदको समयमा ती नदी किनारमा गोहीको गुँडमा रहेका अण्डासमेत सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।