“सुपरिवेक्षण र नियन्त्रण गर्ने भरपर्दो निकाय स्थानीय स्तरमा नहुदा झन धेरै भ्रष्टाचार बढ्यो “

वीरबल खड्का/धनकुटा । भ्रष्टाचार सार्वजनिक पदमा रहेको ब्यक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापहरू भ्रष्टाचारमा पार्ने गर्छन, यसरीनै पदमा रहेका पदाधिकारीहरूले आफूमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदा पुर्‍याउनको लागि गरिन क्रियाकलाप अन्तत: सबै भ्रष्टाचार हुन त्यसैले सार्वजनिक ओहदा बसेर गलत,अनुचित शक्तिको दुरुपयोग नै भ्रष्टाचार हो ।

यसरी भ्रष्टाचार लाई व्यख्या गर्दै गर्दा आज देशमा आएका परिवर्तन सगै नयाँ संरचना नयाँ व्यवस्थाले एकीकृत प्रणालीलाई बिकेन्द्रित गर्दै अधिकार र शक्तिलाई माथीबाट तल सम्म लैजादा भ्रष्टाचार पनि एउटा सञ्जालको रुपमा फैल्दै आएको छ पहिला माथी थियो भने अहिले तल सम्मै फैलिएको अवस्था छ जसमा नीतिगत तवरले बढि हुने गरेका पाईन्छ।

नेपालमा भ्रष्टाचार अहिले डरलाग्दो महारोगको रुपमा गाउँ देखि केन्द्र सम्म बिक्षिप्त भएर आएको छ खुलेआम आज भ्रष्टाचार हुँदै छ आज प्रक्रियागत, नीतिगत तबरले भएका भ्रष्टाचारले देशको अर्थतन्त्रनै सखाप भएको छ कुनै पनि क्षेत्र भ्रष्टाचार बाट बिमुख भएको देख्न नसक्ने अवस्थामा छ भ्रष्टाचार गर्न नदिने तथा नियन्त्रण गर्ने सस्था अख्तियार दुरुपयोग अनुषन्धन आयोगनै दल दलमा डुबेको अवस्थामा खै कसरी शुसासन र पार्दसीता कायम गर्न सकिन्छ सबैको चासोको बिषय बनेको छ।

राज्य व्यबस्थाको परिबर्तन सगै तीन तहको संरचना संघ ,प्रदेश र स्थानीय तहसम्मका जनताबाट निर्वाचित मनोनित र नियुक्तिले कुनै न कुनै रुपले देश लुटने प्रबृत्ती नेपाली राजनीति प्रशासन,अन्य विभिन्न सेवामा पहिला देखि नै छ तर अहिले जन बढेर व्यापक हुदै गयो जन तलको स्थानीय निकायमा झन सखाप भएको छ राज्य संयन्त्रको नियमको दुरुपयोग गरेर योजनबद्ध र सस्थागत रुपमा यस्ता क्रियाकलाप भैरहेका छन् ज्वालन्त उदाहरणमा संबैधानिक निकाय वा प्रशासनिक निकाय कुटनैतिक क्षेत्र होस वा शैक्षिक न्यायपालिका सुरक्षा अंगमा सब ठाउमा पार्टी समर्पित नेता कार्यकार्ता भर्ति गर्ने र उनीहरुको माध्यमबाट स्वार्थपुरा गर्न प्रोत्साहन गर्ने र समाजमा विध्वंस मचाएर सखाप बनाएका छन् किन कि जनताको जन जिविका, जीवन भन्दा पनि नेतालाई पद र शक्ति वाट अकुत सम्पत्ति आर्जन गर्ने र सुविधा मुखी हुँदै जाने प्रबृत्ती रहेको छ लोकप्रियताको नारा फालेर जनतालाई अलमलाएर आफ्ना नेता कार्यकर्ता पोश्ने आफ्नतालाई भर्ति गर्ने गरेका छन् तसर्थ हरेक समय पलमा सार्वजनिक पदमा पुग्नेहरुले सार्बजनिक साधन देखि सम्पत्तिको दुरुपयोग गरेका छन्।

नेपालमा शक्तिको बिकेन्द्रिकरण सगै स्थानीय निकायमा पनि भ्रष्टचारको मात्र बढ्दै गएको कुरा पछिल्लो बिभिन्न अध्यान र नतिजाले देखाउदै आएको छ।देशको समुचित विकास गर्नको लागि स्थानीय सरकारबाट परिचालन गर्ने गरि विभिन्न अनुदानका शिर्षकबाट बजेट प्रदान गर्ने गरिन्छ।यसरी बजेट सगै त्यसलाई व्यवस्थित रुपमा परिचालन गर्ने प्रभाबकारी अनुगमन तथा मुल्यांकन र नियमनकारी व्यवस्था पनि तल सम्म नपुर्‍याउदा भ्रष्टाचारले बिकारल रुप लिएको छ ।

यसरी स्थानीय स्तरमा लक्षित बर्गमा हुने वजेटको दुरुपयोग गर्दै कातिपय पालिकामा कागजीरुपमा बजेट सक्ने काम गरिन्छ।स्थानीय स्तरमा हुने योजनाको तर्जुमा र बजेटको बाडफाट आर्थिक अनियमितता र दुरुपयोग भएको विभिन्न अध्यायनले बताएको छ।

स्थानीय स्तरमा हुने बिकास निर्माणमा दिगो विकासको अबधारणाले कुनै पनि आयोजना तथा योजनामा भरपर्दो र दिगोरुपले काम सम्पन्नता नहुदा एउटै आयोजनाको एउटै शिर्षकमा पटक पटक बजेट बिनियोजन गर्नु पर्ने भएको छ । जसको मिलेमहत्वमा भ्रष्टाचार हुने गरेको छ।अर्को महत्त्वपूर्ण पाटो भनेको आज गाउँ /गाउँमा नगरमा आज निर्माण हुँदै गरेका भवन सडक पुल जस्ता ठुला तथा मझौला आयोजना जति पनि हुन त्यसमा योजनाहरुलाई खुल्ला टेण्डरबाट परिपुर्ति नगर्ने गरि हाले पनि कमिशनको मागबाट मात्र छनौट र सदर गर्ने गरेको पाईन्छ ।

जसले गर्दा आज कुनै पनि काम गुणस्तरीय हुन सकेको छैन यस्तै कतिपय ठुला आयोजना हरुलाई बिभाजन गर्ने तथा स्थानीय स्तरका आफ्नो पार्टी प्रतिनिधी तथा कार्यकर्ता केन्द्रीत भएर उपभोक्ता समिति बनाएर मन लागदी हस्तान्तरण गर्ने बजेटमा हिसाब किताबलाई प्रक्रिया मिलाएर काम होस नहोस तर नितिगत रुपले पैसा निकासी गर्ने र भ्रष्टाचार गर्ने गरेको पाईन्छ।तसर्थ स्थानीय सरकार अब आधिकार सगै सुपरिवेक्षण र नियन्त्रणमा रहनु पर्ने र यसको छुट्टै निकाय गठन गरेर परिचालन नै अहिलेको पहिलो आवश्यकता हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖